सन्ध्या रेग्मी,
बर्दिया, १९ माघ। बर्दियाका तीन ओटा गाविसमा अब गुलेली प्रयोग गर्न नपाइने भएको छ। गुलेलीको प्रयोगबाट चराचुरुङ्गी मार्ने क्रम बढेपछि जिल्लाका र्सर्ूयपटुवा, ठाकुरद्वारा र शिवपुर गाविसमा गुलेलीको प्रयोगमा प्रतिबन्ध लगाइएको हो। विश्व सिमसार दिवसको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, संरक्षण विकास र स्थानिय विद्यालयका क्लबहरुको संयुक्त आयोजनामा यी गाविसहरुलाई गुलेली प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको हो। कसैले गुलेली प्रयोग गरेको पाइएमा निकुञ्जले कडा कारबाही गर्ने जनाएको छ।

Comments
Post a Comment