संखुवासभा, १९ माघ। संखुवासभाको पर्यटकीय गन्तब्यहरुको उजागर गर्ने उदेश्यले चैनपुर महोत्सब हुन लागेको छ। संखुवासभा उद्योग बाणिज्यसंघले माघ २८ गते देखि फागुन १ गते सम्म महोत्सब गर्न लागेको हो।
जिल्ला सदरमुकमाम खाँदबारीबाट काठमाण्डौं ७२० किलोमिटर सडक दुरीमा रहेको छ। गुप्तेश्वर महादेवमा लाग्ने शिबरात्रीको मेलाका दर्शकलाई लक्षित गरी महोत्सब गरिन लागेको हो। यो महादेब २ सय जना मानिस अटाउन सक्ने गुफा भित्र रहेको छ।
त्यहाँ रहेको सभा पोखरीको धार्मिक महत्व रहेको छ। धर्मशास्त्र अनुसार यस क्षेत्रमा ब्यासले ८८ हजार सन्तहरु भेला गराइ मानब जातिले जीबनकालमा कसरी शान्ति पाउन सकिन्छ र मृत्यु पछि र्स्वर्गमा बास बस्ने बारेमा प्रबचन गरेका थिए। जिल्लाको टुङलिङटारमा मनोकामना देबीको मन्दिर छ। बरुण राष्ट्रिय निकुञ्जले संखुवासभालाई ओगटेको छ। यस निकुञ्जमा ७५ थरी सुनाखरी, ७० प्रजाति बासनादार बनस्पति, २५ थरीका गुराँस, १९ प्रजातिका बाँस, ८६ प्रजातिका घाँसहरु पाइन्छ। यहाँ ४ सय प्रजातिका चराचुरुङी पाइन्छन्।
च्यकूटी भन्ज्याङ, हुमुङ, चैनपुर, खाँदवारी, चन्दनपुर, पाँचपोखरी, सभापोखरी, बाह्रबिसे, माडिबिर्ता आदि यहाँ मुख्य पर्यटकीय गन्तब्यहरु हुन। काप्डोने, गोसापोखरी, रातपाखेरी संखुवासभाका रमणीय पानीका मुहानहरु हुन। बोधा, वालिङ, बतासे, नामासे आदि झरनाहरु पनि त्यहाँ रहेका छन्।-रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment