Skip to main content

दलित समुदायद्वारा आन्दोलनको चेतावनी

मातृका दहाल
काठमाडौ,१९ माघ।विभिन्न राजनीतिक दलसंग आवद्व  दलित नेताहरुले नयांवन्ने संविधानमा आफ्ना अधिकार सुनिश्चित  हुँनुपर्ने माग राख्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र वुझाएका छन्।
    नेपालको प्रजातान्त्रिक आन्दोलन देखी पछिल्लो लोकतान्त्रिक आन्दोलन सम्म आईपुग्दा दलितसमुदायले उल्लेखनिय भूमिका खेलेको भन्दै नयाँवन्ने संविधानमा आफूहरुका माग पूरा गर्नुपर्ने उनीहरुले वताएका छन्।
    राज्यले मुलुकवाट छुवाछुत प्रथा उन्मूलन गरेको भएपनि अहिले सम्म कार्यन्वयन हुँन नसकेको भन्दै यसको कार्यन्वयनका लागी राज्यले विशेष पहल गर्नु पर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ। उनीहरुले माग पूरा नगरे अधिकारका लागी  संयुक्त रुपमा निर्ण्ाायक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
    आफूहरुका माग पूरागर्न दवाव स्वरुप प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउँनेमा प्रतिपक्षमा रहेको माओवादी निकट दलित मोर्चा देखी सरकारमा सहभागी एमाले,कागं्रेस, सद्भावना, माले लगायतका पार्टर्ीी आवद्व दलित संगठन रहेका छन्।
    माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष  तिलक परियार, नेपाली कांगे्रस निकट नेपाल दलित संघका कार्यवाहक अध्यक्ष छत्रबहादुर टेलर, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष लालबहादुर विश्वकर्मा, जातीय समता समाजकी कार्यवाहक अध्यक्ष धनरुपा विश्वकर्मा,   उत्पिीडित जातीय उत्थान संघका एकिकृतका अध्यक्ष केशबहादुर परियार,सद्भावना दलित मञ्चका रामचन्द्र राम तथा राष्ट्रिय दलित केन्द्रका रञ्जित पाशवानको टोलीले  विभिन्न २० वुँदे र भविश्यमा पूरागर्नेगरी १३ वुँदे माग सहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष वुझाएका थिए।
    उनीहरुले नयाँ संविधानमा राज्यका सम्पर्ूण्ा अङ्ग, निकाय र क्षेत्रहरुमा समानुपातिक र दश प्रतिशत क्षतिपर्ूर्तिबापत थप अधिकारको व्यवस्था सुनिश्चित गर्नुपर्ने, दलित परिवारलाई  यातायात, शिक्षा, खाद्यान्न आदि क्षेत्रमा 'सुविधा कार्डको व्यवस्था गर्नु पर्ने,वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गरी भूमिहिन, सुकुम्बासी, गरीब दलितहरूलाई जमिनमाथिको जनमुखी न्यायोचित स्वामित्व सुनिश्चित गर्नुपर्ने,राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न संवैधानिक आयोगको रुपमा व्यवस्था, दलित समुदायको परम्परागत पेशाजन्य व्यवसायमा आधुनिकीकरण गरी दलितको अग्राधिकार सुनिश्चित गराइँनु पर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ। 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।