Skip to main content

शहिदको नामवाट अपे्रसन थिएटर वन्ने

मातृका दहाल
काठमाडौ,१९ माघ। काठमाडौको मिनभवनमा अवस्थित निजामति कर्मचारी अस्पतालमा जनआन्दोलनका शहिद विष्णुलाल महर्जन तथा जीउँदा शहिद मुकेश कायस्थको नामवाट दर्ुइवटा अप्रेसन थिएटर-ओ.टी)सेवा कक्ष निर्माण गरिने  भएको छ।
    ६५ रोपनी क्षेत्रफलमा चिनिया सरकारले ६५ करोड रुपैंया  लगानीमा वनाएको एकसय ३२ शैयाको उक्त अस्पतालमा जनआन्दोलनका शहिद महर्जजन तथा जीउँदा शहिद कायस्थको नाममा दुइवटा ओ.टी कक्ष निर्माण गर्न  लागीएको हो।
    सोमवार सामान्यप्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ, स्वास्थ्य सचिव,प्रविण मिश्र लगायतको टोली लिएर अस्पतालको निरिक्षण गर्न गएका प्रधानमन्त्री माधवकुमार नेपालले उक्तकक्ष वनाउँन निर्देशन दिएका हुँन्।
    जनआन्दोलनका क्रममा काभ्रेमा प्रहरीको गोली लागेर घाइते भएका कायस्थ अहिले सरकारी खर्चमा स्वास्थ्योपचार गर्राई रहेका छन्।  उनी अहिले पनि वोल्न सक्ने अवस्थामा छैनन् भने जनआन्दोलनकै क्रममा काठमाडौमा प्रहरीको गोली लागी र्घाईते भएका महर्जनको करिव महिनादिन अघि उपचारका क्रममा निधन भएको थियो। 
    प्रधानमन्त्री नेपालले अस्पताल निरिक्षण गर्ने क्रममा अस्पतालमा उपचार गर्राई रहेका दशजना वीरामीलाई फलफूल वितरण गरेका थिए।  एक सय ३३ शैया रहेको सो अस्पतालमा अहिले दशजना मात्र विरामीले वैरङग सेवा लिदै आएका छन्।
    अस्पतालमा निजामति कर्मचारी र उनका  परिवारले ६० प्रतिशत र अन्य र्सवसाधारणले  त्यसको ४० प्रतिशत सहुलियत दरमा उपचार पाउँदै आएका छन्।
    सन २००७ मा चिनिया सरकारले आफ्नो लगानीमा वनाईदिएको सो निजामति अस्पतालले गतवर्षचैत १६ गतेवाट वैरंग सेवा सञ्चालन गरेर शुरुगरेको थियो भने  गएको माघ ७ गतेमात्र आफ्नो सेवालाई वढाएर वैरङग, आकस्मिक शहितका सम्पर्ूण्ा सेवा २४ सै घण्टा सञ्चालनमा ल्याएको थियो। प्रधानमन्त्री तथा मन्त्रीले अस्पताल निरिक्षण गरेपछि अस्पतालका कार्यकारी निर्देशक डा. विमल थापाले अस्पताल निजामति सेवाका कर्मचारीहरुलाई मात्र नभएर आम र्सवसाधारणका लागी सस्तो, सुलभ र गुणस्तरीय सेवाका लागी प्रतिवद्व रहेको वताए।
    अस्पतालले नेपाली ल्याव टेस्ट, अर्वुदो रोग निवारण, मृगौला प्रत्यारोपण लगायतका सेवा समेत ल्याउँने तयारी भई रहेको निर्देशक थापाको भनाई थियो।
    उनले निजामति अस्पताललाई मुलुककै नमुना अस्पतालको रुपमा विकास गर्न आफूहरु लागी रहेको भन्दै सरकारले दिएको नीतिनिर्देशन पालना गरेर अघिढ्ने दावी गरे।
    अस्पतालले आफ्नो क्षमता वढाउँनका लागी करिव एक शताव्दी सम्मका लागी गुरुयोजना तयार गर्ने लक्ष रहेको पनि जानकारी दिए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।