Skip to main content

बिद्युत प्राधिकरणको कार्यालय निरिक्षण

ज्ञानेन्द्र शर्मा
रोल्पा, १९ माघ। उर्जाराज्यमन्त्री चन्द्रसिङ  भट्टर्राईको १९ गते  रोल्पामा रहेको नेपाल बिद्युत प्राधिकरणको कार्यालय निरिक्षण गर्ने भनेर उनी वर्तमान अवस्थामा असुरक्षाको महसुस गरी कसैले पनि थाहाँ नपाउने गरी १८ गते बेलुका तिर नै आएर विद्युत प्राविधकरण निरक्षण गरे पछि रोल्पावासीले विद्युत कार्यालयमा आएर हेरी हतारमा भत्ता पचाउन मात्र आएको भन्दै जनताले आक्रोश व्यक्त  गरेका छन्। 
    उर्जा राज्यमन्त्री रोल्पामा आएर राती संझना होटेलमा बसेर विहान माओवादी कार्यकर्ताले कालो भण्डा देखाउने दरमा ५ बजे नै लिबाङबाट गएका थिए। 
    असुरक्षा महसुस गरेकाले विहानै उठेर रोल्पाबाट र्फकेपछि रोल्पाको प्राधिकरणमा कुनै पनि अनुगमन नभएको रोल्पालीहरुले बताएका छन्।
    लिवाङ आउनु भएको राज्यमन्त्री भट्टर्राईले सरकार परिवर्तनको बारेमा आफुलाई कुनै जानकारी नभएको र समयमा नै संविधान सभाको निर्वाचन हुने कुरामा विस्वास रहेको समेत जानकारी दिनु भयो। 
    उहाँको रोल्पाको विद्युत प्राविधरणरमा आई सामान्य नजर अन्दाज कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदैमा रोल्पा जिल्लाको विद्युतको अवस्थामा सुद्रित हुने र कर्मचारीहरुले कुशल काम गर्ने भने पनि रोल्पाली जनताको विद्युत क्षेत्रमा परिवर्तन हुन सक्दैन।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।