Skip to main content

बिभिन्न कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र शर्मा
रोल्पा, १९ माघ। शहिद स्मृती मेलाको अबसरमा रोल्पाको ओट ६ पोखरामा जनता प्राथमिक बिद्यालय दिवाङचौर ओट रोल्पा र जीवन ज्योती प्रगतीशिल युवा क्लव ओत ७ रोल्पाको सयुक्त आयोजनामा माघ १५ गतेदेखी बिभिन्न कार्यक्रम सम्पन्न भएको छ। 
    मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, घैताफोर प्रतियोगता, बिभिन्न सास्कृतिक कार्यक्रमहरु र झाकिँ पर््रदशन गरिएको थियो।
    पुरुष भलिबल तर्फराष्ट्रिय मा.बि.मेलधारी प्रथम, नबचेतनशील युवा क्लव जिनाबाङ ९ द्वितिय, कृष्ण नि.मा.बि किमीचौर जवाङ ओत तृतिय र सगरमाथा युवा क्लव सान्त्वना भएका छन्।
    यसैगरी महिला भलिबल तर्फसिर्द्धार्थ नि.मा.बि ओइलाम ओट प्रथम, राष्ट्रिय मा.बि मेलधारी ओटको बि समुह द्वितिय, राष्ट्रिय मा.बि मेलधारीको ए टिम तृतिय र जीवन ज्योती प्रगतिशील युवा क्लव सान्त्वना भएका छन्।
    पुरुष भलिबल तर्फा उत्कृष्ट खेलाडी राष्ट्रिय मा.बि. मेलधारी ओटका जीवन कुमार डि.सी भएका छन् भने महिला भलिबल तर्फराष्ट्रिय नि.मा.बि का गौसरा बि.क भएकी छिन्।
    यसैगरी लोकदोहोरी तर्फराष्ट्रिय मा.बि. मेलधारी ओटका जीवन कुमार डि.सी को समुह प्रथम, जीवन ज्योती प्रगतिशील युवा क्लवका चन्द्र प्रकाश वलीको समुह दोस्रो, चेतनशील युवा क्लव जिनाबाङ ९ का उमा डागीँको समुह तृतिय र जन सरस्वती युवा क्लव ओट ७ का श्याम कुमारी डागीँको समुह सान्त्वना भएका छन्।
    घैटाफोर प्रतियोगितामा राष्ट्रि मा.बि भेलधारी ओटका फक्त बहादुर बि.क. प्रथम भएका छन्।
    भलिबल तर्फप्रथम, द्वितिय, तृतिय भएका खेलाडीहरुलाई ३ हजार, २ हजार ५ सय, २ हजार र ५ सय पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
    दोहोरी गित तर्फप्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका समुहहरुलाई ७ सय, ५ सय, ३ सय र १ सय रुपैया प्रदान गरिएको थियो। कार्यक्रममा करिब ५ सय जनाको सहभागिता रहेको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।