Skip to main content

माओवादीलाई परास्त गर्र्छौं-मन्त्री खाणं

काठमाडौं, कात्तिक १३। सिचाईंमन्त्री बालकृष्ण खांणले एकीकृत नेकपा माओवादीलाई परास्त गर्ने दाबी गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनका नाममा माओवादीले अराजकता मच्चाउन खोजेकाले शक्ति प्रयोग गरेर परास्त गर्ने चेतावनी दिएका हुन्।
खाणंले माओवादीसंग मुकाबिला गर्न सरकार तयार रहेको बताए। 'माओवादीसंग मुकाबिला गर्न सरकार तयार छ,' मन्त्री खाणंले भने,'अराजक शैलीमा प्रस्तुत भएको माओवादी परास्त हुने निश्चित छ।' हतियारको बलमा सत्ता कब्जा गर्न खोज्नेहरु समाप्त भएको उल्लेख गर्दै माओवादी अहिलेको शैलीमा अगाडि बढ्न खोजे समाप्त हुने चेतावनी दिए। माओवादीप्रति कडा रुपमा प्रस्तुत भएका उनले आन्दोलनका नाममा हुने अराजकतालाई नियन्त्रणमा लिन सुरक्षा निकायलाई प्रभावकारी बनाइने बताए। उनले भने,'जनताको सुरक्षाका लागि सुरक्षा निकाय सुदृढ छन्।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले अब लोकतन्त्रवादी र अलोकतान्त्रिक शक्तिबीच संर्घष्ा हुने बताए। माओवादीलाई अलोकतान्त्रिक भन्दै ऊविरुद्ध लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताए। माओवादी उद्देश्य लोकतन्त्रवादीसंग भिड्ने रहेको बताए। उनले भने,र्'र्सवसत्तावादको उद्देश्यका साथ माओवादी भिड्न चाहन्छन्, सरकार पनि मुकाबिलाका लागि तयार छ।' माओवादीलाई पटक पटक अलोकतान्त्रिक र हिंसात्मक भन्दै आमने सामने भए शक्तिका साथ प्रस्तुत हुने चेतावनी दिए। देशमा र्सवसत्तावाद असम्भव भएको भन्दै त्यसलाई रोक्न जुनसुकै मूल्य चुकाउन तयार भएको बताए।
माओवादीभित्रको अर्न्तद्वन्द्वका कारण पछिल्लो अवस्था आएको टिप्पणी गरे। माओवादीभित्र जनयुद्धकालिन सोच र परिवर्तनकारी सोचबीच द्वन्द्व रहेको भन्दै अहिले जनयुद्धकालिन सोच भएकाहरु हावी भएको बताए। आन्दोलनलाई कथित भन्दै माओवादीले केही गर्न नसक्ने बताए।
सहमतिका लागि सरकार तयार रहेकाले वार्ताको ढोका खुल्ला रहेको बताए। माओवादीलाई वार्तामा आउन आग्रह गरिएबमोजिम नआए उसलाई नै घाटा पर्ने बताए। उनले भने,'आन्दोलनमा गए माओवादीले ठूलो मूल्य चुकाउनर्ुपर्छ।'र्
वर्तमान सरकार पूरा समय टिक्ने भन्दै कसैले ढाल्न नसक्ने बताए। आफ्ना दलभित्र सुजाता कोइराला उपप्रधानमन्त्री बनाइएकोमा विवाद नरहेको दाबी गरे। पार्टर्ीीत्र सानातिना बहस हुनु स्वाभाविक हुने भन्दै विवादका रुपमा लिननहुने बताए। महासमिति बैठकले पार्टर्ीीे महाधिवेशनको प्रभावकारी तयारीको टुंगो लगाउने बताए।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले अहिले आन्दोलन गर्ने बेला नभएको बताए। माओवादी आन्दोलनले देशलाई मात्र नभई स्वयं उसलाई फाइदा नपुग्ने बताए। उनले भने,'सहमतिका साथ संविधान निर्माणमा जानुपर्नेमा आन्दोलनले कसैलाई फाइदा हुदैन।' देशले पटक पटक आन्दोलन थेग्न नसक्ने बताए। नेपालमा आन्दोलनका लागि कम्युनिष्ट र कांग्रेस एक हुनुपर्ने इतिहास स्मरण गराउदै भने,'माओवादीले शुरु गर्न लागेको विरोधका कार्यक्रमलाई आन्दोलन भन्न पनि मिल्दैन।'
देशलाई अर्को द्वन्द्वमा धकेल्ने षड्यन्त्रहरु भइरहेको भन्दै त्यसप्रति सचेत हुन आग्रह गरे। माओवादी कदमले देशलाई थप संकटमा पुर्‍याउने बताए। समस्या समाधानका लागि वार्ताको विकल्प नभएको बताए। वार्ताका लागि आफ्नो दल हदै लचक भएको बताए। शान्ति प्रक्रिया जटिल मोडमा पुग्ने खतरा रहेकाले त्यसप्रति शतर्क हुन आग्रह गरे।
एमालेमा पछिल्लो समयमा विवाद रहेको स्वीकार्दै त्यसको समाधान गरिने बताए। सहमतिमा जानुपर्ने अवस्थामा दलहरुभित्र विवाद बढ्नुलाई गम्भीर रुपमा लिनुपर्ने बताए। उनले भने,'अहिले विभाजित हुने बेला होइन, प्रतिक्रियावादीहरु दलहरुभित्र विभाजनको चाहना राखिरहेकाले सचेत हुनुपर्छ।' एमालेको काठमाडौं जिल्ला कमिटिले भिन्ना भिन्नै चीयापान आयोजना गरेकोबारे असन्तुष्टि जनाए। उनले भिन्नाभिन्नै चीयापान रोक्न पहल गर्दा पनि नभएको बताए।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले दलहरु सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे। सहमतिका लागि सबे पक्षले आफ्नो तर्फाट योगदान पुर्‍याउनुपर्ने बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।