काठमाडौं, कात्तिक १३। विद्यार्थीहरुको आन्दोलनका कारण भदौ ४ बाट बन्द पर्ूवाञ्चल विश्वविद्यालय आजबाट खुलेको छ। रिपोर्र्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी विश्वविद्यालय प्रतिनिधि र संयुक्त स्वास्थ्य प्राविधिक विद्यार्थी संर्घष्ा समितिबीच २४ बुंदे सहमति भएपछि आन्दोलन फिर्ता लिइएको जानकारी गराइयो।
संर्घष्ा समितिका सचिव सन्तोषप्रकाश जोशीले दुइ महिना देखि जारी आन्दोलन फिर्ता लिइएपछि १५ कात्तिकका लागि तोकिएको परिक्षामा अवरोध नहुने बताए। विद्यार्थीको आन्दोलनले यसअघि तोकिएको दर्ुइवटा प्रवेशपरीक्षा सार्नुपरेको थियो।
सहमतिअनुसार १० प्रतिशत विद्यार्थीले यसै शैक्षिक सत्रबाट छात्रवृत्ति पाउने, स्नातकोत्तर तहको पब्लिक हेल्थ पढ्न स्वास्थ्य संकायबाट पर्ूव तह उत्तर्ीण्ा भएको हुनुपर्ने , २८ दिनभित्र परिक्षाफल प्रकाशित गर्नुपर्ने, अनुत्तर्ीण्ा विद्यार्थीले सोही शैक्षिक सत्रमै मौका परिक्षा दिनपाउनेलगायतका विषय समावेश छन्। सहमतिमा विश्वविद्यालयका रजिष्ट्रार राजकुमार ठाकुर, विद्यार्थीका तर्फाट संर्घष्ा समितिका संयोजक राजन अधिकारीलगायतले हस्ताक्षर गरेका छन्।
विगतमा छात्रवृत्तिको व्यवस्था उपयुक्त ढंगबाट कार्यान्वयन नभएको, अन्य विषयबाट आउनेले पनि पब्लिक हेल्थ पढ्न पाउने, परीक्षा प्रकाशित हुन सात महिना लाग्ने अवस्था रहेको थियो। विद्यार्थीहरुले आन्दोलनले विद्यार्थीको हक अधिकार सुनिश्चित गरेको भन्दै शैक्षिक गुणस्तर वृद्धि गर्न योगदान पुगेको बताए। अध्यक्ष राजन अधिकारीले आन्दोलनको माग पूरा भएकाले आजबाट पठनपाठन सुचारु गर्न सघाउ पुर्याउने बताए। आन्दोलन फिर्ता लिएलगत्तै ३४ वटा कलेजहरु सुचारु भएका छन्। यही १५ कात्तिक देखि शुरु हुने नियमित परिक्षा पनि सुचारु हुने भएको छ।

Comments
Post a Comment