Skip to main content

जाम निवारण गर्न रक्सौलको सट्टा डर््राईपोर्टमा फलाम ल्याउने मांग

वीरगंज, १३ कार्तिक/ वीरगंज भन्सार क्षेत्रमा हुने गरेको बढ्दो ट्राफिक जामबाट सृजित समस्याको निवारणका लागि वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा संघका अध्यक्ष ओमप्रकाश सिकरियाको अध्यक्षतामा सरोकारवाला पक्षहरुको उपस्थितिमा आज एक गोष्ठीमा छलफल भयो। उक्त छलफल कार्यक्रममा संघका अध्यक्ष सिकरियाले मन्तव्य व्यक्त गर्दै नेपालको प्रमुख प्रवेशद्वारको रुपमा परिचित वीरगंज भन्सार क्षेत्रमा हुने गरेको ट्राफिक जामका कारक तत्वहरुलाई पहिचान गरी व्यवस्थित गर्न सबैले आफनो स्थानबाट सक्दो प्रयास गर्न जोड दिनु भयो। सो बैठकमा श्री केवल प्रसाद भण्डारी, प्रमुख भन्सार अधिकृत, वीरगंज भन्सार कार्यालय, श्री विनोद मानन्धर, क्षेत्रीय उपाध्यक्ष, नारायणी यातायात व्यवसायी संघ, श्री बद्री प्रसाद चौलागाईं, सचिव, नारायणी यातायात व्यवसायी संघ, श्री एक नारायण कोइराला, प्रमुख, जिल्ला ट्राफिक कार्यालय, श्री राजेन्द्र प्रसाद गुप्ता, पर्ूव अध्यक्ष तथा बरिष्ठ सल्लाहकार, ढुवानी व्यवसायी संघ, संधका पदाधिकारी उधोगी र व्यापारी लगायतका उपस्थिति रहेको थियो।
रक्सौल स्थित रेल्वे माल स्टेशनमा आउने गरेको फलामको कारणले अत्यधिक जाम हुने गरेको हुँदा वैकल्पिक उपायको रुपमा रक्सौलमा आउने गरेको फलामलाई ड्राइपोर्ट वीरगंजमा ल्याउँदा जाममा कमी आउने कुरा सहभागीहरुले राखेका थिए। हाल नेपाली ढुवानीकर्ताहरुसँग फलाम ढुवानी गर्ने उपयुक्त फ्लैट ट्रक आवश्यक परिमाणमा नभएकोले फलाम ढुवानी गर्न कठिनाई हुने भएकोले समस्याको तत्कालै सहजीकरणका लागि भारतीय नंम्बर कै प्लेट भएका फ्लैट ट्रकहरुलाई छव महिनाको लागि अत्यधिक रुपमा ड्राइपोर्ट भन्सारबाट सिमरा सम्म मात्र आवत जावत गर्न दिने सहमति र निर्णर्य गरियो।
भन्सार क्षेत्रमा हुने गरेको बढ्दो ट्राफिक जाम समस्या निवारणको लागि छलफल गोष्ठीमा ट्याङ्कर, ट्रेलर, टि्रपरका सवारी चालकहरुलाई भन्सार सिमा क्षेत्रमा ओभरटेक नगर्ने र लेन अनुशासन पालना गराउन अभ्रि्रेरित गराउने, ट्राफिक प्रहरीको समन्वयमा स्टिकर टाँस्न लगाउने सहमति भएको छ। त्यसै गरी रक्सौल कस्टममा तलको पुलबाट रिक्सा आदि सानो सवारी आवत जावत गर्न अनुमति दिन सम्बन्धित निकायसँग पत्राचार गर्नु पर्नेे, रक्सौलस्थित रेल्वे गुम्टीमा ओभरब्रिज बनाउन सम्बन्धित निकायसँग पहल गर्ने र वीरगंज भन्सारमा क्लियरिङ्गमा भएको विलम्बको कारण जाम नहुने कुरा वीरगंज भन्सार कार्यालयले सुनिश्चित गर्ुन पर्ने सहमति र निर्ण्र्ाागोष्ठीबाट गरियो।
यसै गरी रात्रि शिफ्टमा समेत मालसामान जाँच पास गराउने वीरगंज भन्सार कार्यालयले सुनिश्चित गर्ने, भन्सार एरियामा पस्ने गेटलाई फराकिलो बनाउन समय सिमाभित्र निर्माण गराउने, भन्सार क्षेत्रमा निजी वा सरकारी पार्किङ्ग एरिया खोल्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, रजत जयन्ती स्मारकदेखि शंकराचार्य गेट, रक्सौल पुलसम्म सडक विभाजक राख्न नगरपालिकासँग अनुरोध गर्ने र वीउवासंघले पनि अन्य निकायहरुको सहयोग लिई सहकार्य गर्ने तथा इनरुवा चौकी निर भइरहेको गैरकानूनी रकम असुली रोक्न पहल गर्ने लगायतका निर्ण्र्ााउक्त गोष्ठीबाट भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।
भन्सार क्षेत्रमा बढ्दो सवारी साधनको आवागमनलाई दृष्टिगत गरी त्यस क्षेत्रमा १० जना ट्राफिक प्रहरीहरुको नियमित दरबन्दीका लागि पहल गर्ने, भन्सार क्षेत्रको ब्रि्रदो सडक खण्डको मर्मत सम्भारको लागि सडक विभागलाई पत्राचार गर्ने सहमति र निर्ण्र्ाासमेत सो गोष्ठीमा भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।