Skip to main content

सूचना पर्यटन केन्द्रको जग्गा तस्करीको सामान राख्ने गोदाम

वीरगंज, १३ कार्तिक । वीरगंजको वडा नं. १९ स्थित इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रसनि विकास कार्की अहिले अनाधिकृत रकम कमाउने होडमा उक्त प्रहरी चौकी नजिक रहेको सूचना पर्यटन कार्यालयको सरकारी जग्गामा जग्गामाफिया मेघराज यादवद्वारा अनाधिकृत रूपमा बनाइएको तस्करीको सामान थुपार्ने गोदामलाई संरक्षण प्रदान गरेको नाममा समेत मासिक नजराना उठाउने गरेको कुरा खुल्न आएको छ ।
गृह मन्त्रालयको सहसचिवको नातेदार रहेको रवाफ वीरगंज नगरका तस्कर जमातमाझ र्छर्दै हिंडेका प्रसनि कार्कीले आफू माथिको जिल्लादेखि मध्य क्ष्ँेत्रीय प्रहरी कार्यालय हेटौडा सम्मका प्रहरी अधिकृतहरूलाई कोशेली पुर्‍याउनुपर्ने नाममा सवारी नम्बर इन्ट्री, नेपाल-भारत दशगजा सीमा मितेरी पुल नजिकै अवैध संचालित रक्सी भट्ट,ि तस्करी लाइन वितरणबाट मासिक लाखौं रकम संकलन गरिरहेको बताइन्छ ।
भरपर्दो स्रोतका अनुसार भारतीय नम्बरका प्रति पर्यटक बससंग नम्बर इन्ट्रीका नाममा भारू दुइ सय, लहरी भारू एक सय, ट्रक भारू पचास, जीप, कार भारू ३० देखि ५० रकम संकलन गर्ने गरेका इन्चार्ज प्रसनि कार्कीले नेपाल-भारत सीमा नाका मितेरी पुल मूल सडक छेउमा अवैध रूपमा संचालन गर्न छुट दिएको दुइवटा रक्सी भट्टबिाट मासिक २५/२५ हजारका दरले अनाधिकृत रकम संकलन गर्ने गरेको जनाइन्छ ।
सोही स्रोतका अनुसार वीरगंज छपकैयाका नामचिन तस्कर इनरदेव, किसुनदेव यादव, मकबुल तेली मुन्ना, लामा लगायत भारत रक्सौल वरपर गाउंका एक दर्जन भन्दा बढी तस्कर समूह मण्डलीलाई आप\mनो नाकाबाट तस्करी गर्न छुट -अर्थात् लाइन) दिएवापत प्रसनि कार्कीले उक्त तस्करहरूबाट मासिक एक लाख भन्दा बढी रकम संकलन गर्ने गरेको दाबी छ ।
नाम र्सार्वजनिक गर्न नचाहने एक प्रहरी धकडिया श्रोतका अनुसार भन्सार वरपरका अन्य रक्सी पसल घुम्टीहरूबाट समेत अनाधिकृत आय श्रोतको आशा राख्ने प्रसनि कार्कीले इनर्वा प्रहरी चौकी नजिक टांसिएको सूचना पर्यटन कार्यालयको जग्गा किर्ते जालसाजी गरी इनर्वाकै मेघराज यादवले आप\mनो श्रीमती भगवती अहिरिन तथा आप\mनो नाममा कित्ता काट गरी नामसारी गराएको सर्न्दर्भमा हाल पुनरावेदन अदालत मकवानपुरमा मुद्दा चलिरहेको अवस्थामा सो स्थानमा बनाएको गोदामलाई चौकी इन्चार्ज प्रसनि कार्कीले आर्थिक प्रलोभनमा फसेर संरक्ष्ँण प्रदान गरिरहेको बताएका छन् ।
यसरी सीमा सुरक्ष्र्ँार्थ खटाइएका इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रसनि कार्कीले पुनरावेदन अदालत हेटौडामा विचाराधीन रहेको मुद्दाको फैसला नहुन्जेल गोदाम बनाउन दिनु र बनेका गोदाममा प्रत्येक दिन तस्करहरूद्वारा राजस्व छलि गरी तस्करी गर्न राखिने सामानको सुरक्षा गरेको नाममा नजराना संकलन गर्नु अनाधिकृत कार्य मात्र नभइ अपराध गरेको ठहरिने बौद्धिक वर्गको राय छ । तर्सथ यस प्रकरणतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन नितान्त आवश्यक रहेको छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।