वीरगंज, १९ असार । वर्ड फलु नियन्त्रणका लागि एभियत इन्फलुन्जा अभिमुखीकरण कार्यक्रम आज वीरगंजको स्थानीय होटलमा सम्पन्न भयो।
वीरगंज उपमहानगरपालिका र नेपाल सरकार स्थानीय विकास मन्त्रालयको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा कर्मचारी, वडा सचिव र स्थानीय पत्रकारहरुको सहभागिता थियो।
नेवाहरुको अधिकार
वीरगंज, १९ असार । संघीय लोकतान्त्रिक गणतन्त्रमा नेवारहरुको अधिकार विषयक अन्तर क्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भयो।
कार्यक्रममा नेपाल राष्ट्रिय मुक्ति मोर्चा, नेपाल भोजपुरा राज्य समितिलगायतको उपस्थिति थियो।
युथ फोर्सको गम्भीर ध्यानाकर्षण
वीरगंज, १९ असार । गत जेठ ९ गते कथित सडक दुर्घटनामा परी मृत्यु भएका युथ फोर्स पर्साका सदस्य पल्लव सिलवालको मृत्युप्रति युथ फोर्सले गम्भीर ध्यानाकर्षण गरेको छ।
आज फोर्सका जिल्ला कमाण्डर अजय कुशवाहाले एक प्रेस विज्ञप्ति जारी गरी घटना नियोजित देखिएको भन्दै सत्य, तथ्य पत्ता लगाउन नेपाल सरकार र स्थानीय प्रशासनसंग माग गरेको छ।
Comments
Post a Comment