Skip to main content

थप ४१ वटा नगरपालिका गठन हुन्छ-स्थानीय विकासमन्त्री

काठमाडौं, १९ असार । स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले थप ४१ वटा नगरपालिका गठनका लागि अन्तिम तयारी भइरहेको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सय दिनभित्र थप नगरपालिका गठन खुलासा गरे।
दलहरुको राजनीतिक संयन्त्र गठन गरी स्थानीय निकायलाई प्रभावकारी बनाइने बताएका छन् । तत्काल निर्वाचन हुने अवस्था नहरहेकाले दलहरुको सहमतिमा संयन्त्र बनाएर विकास निर्माणको काम अगाडि बढाइने बताए । स्थानीय निकायमा पदाधिकारी नहुदा काम गर्न समस्या आयो, मन्त्री शेर्माले भने, तत्काल राजनीतिक संयन्त्र गठन गरी काम अगाडि बढाइनेछ । राजनीतिक संयन्त्र गठनको आधारबारे सोधिएको प्रश्नमा सबै बसेर सहमतिबाट तय हुने बताए । सहमति, सहकार्य र एकताको विकल्प नभएको भन्दै स्थानीय तहबाट त्यसको सफल परीक्षण हुनुपर्ने बताए ।
दलहरुबीच सहमतिमा जोड दिदै राष्ट्रि्य सहमतिको सरकार गठनमा जोड दिए। जसले सहमति बनाउन सक्छ उसैको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने बताए। शेर्माले भने, सहमतिमा जो पनि सरकारको नेतृत्वमा पुग्नसक्छ ।
नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले तत्काल स्थानिय निकायको रिक्त पदाधिकारीको विकल्प दिन आग्रह गरे । दलहरुले सहमति बनाएर स्थानीय निकायको कामकाजलाई प्रभावकारी बनाउनुको विकल्प नभएको बताए।
गाविस राष्ट्रिय महासंघका महासचिव भीमप्रसाद ढुंगानाले ११ वर्षम्म स्थानीय निकायको निर्वाचन हुननसकेकाले समस्या आएको बताए । तल्लो तहमा विकासनिर्माणमा समस्या आएको उल्लेख गर्दै भने, स्थानीय तहमा राजनीतिक पदाधिकारी नहुदा बेवास्ता भएको छ।
जिविस महासंघका प्रवक्ता कृष्णप्रसाद जैसीले स्थानीय निकायमा पदाधिकारी नहुँदा केन्द्रीकरण बढेको बताए । विकेन्द्रीकरणमा जानुपर्ने ठाउँमा तल्लो तहमा संयन्त्र कमजोर हुदा विकास निर्माण प्रभावकारी हुन नसकेको बताए ।
नेपाली कांग्रेसका मुख्यसचिव रामचन्द्र पोखरेलले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनका लागि स्थानीय निकाय बलियो बनाउनुपर्नेमा जोड दिए। स्थानीय निकायप्रति बेवास्ता भए लोकतन्त्र बलियो हुने उनको भनाई थियो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।