Skip to main content

बिभिन्न माग गर्दै बाराको एउटै कार्यालयमा बिभिन्न तीन संगठनको तालाबन्दी . प्ररायु संघ बाराको बैठक सम्पन्न . लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एमाले न

-सुभाषप्रसाद साह-

बारा २३ भदौ। बिभिन्न माग गर्दै जिल्ला स्वास्थ्य कार्यालय बारामा आज बिभिन्न तीन संगठनले छुटाछुटै तालाबन्दी गरेका छन्। दिउँसो एक बजे देखी गरिएको तालाबन्दीका कारण स्वास्थ्य कार्यालयको काम ठप्प भएको छ।

नेपाल स्वास्थ्यकर्मी युनियन बारा अखिल प्रगतिशिल स्वास्थ्यकर्मी युनियन बारा र भुपु कार्यालय सहयोगी संगठनले छुटाछुटै तालाबन्दी गरेको हो। नेस्वायुका केन्द्रीय सदस्य अनिल पाण्डेका अनुसार स्वास्थ्यकर्मीहरुको समस्याको बारेमा बार्ता नगरिएको भन्दै दुईटै युनियनले दुई घण्टाको लागि तालाबन्दी गरेको हो।

त्यसैगरी भुपु कार्यालय सहयोगीहरुलाई पुर्नबहालि गर्नुपर्ने माग गर्दै कार्यालय सहयोगीहरुले अनिश्तिकालको लागि तालाबन्दी गरेको कार्यालय सहयोगी बाराका अध्यक्ष नागेन्द्रप्रसाद सहनीले बताउनु भयो। एकजनाले कम्तीमा १० देखी १५ हजार खर्च गरी सम्बन्धीत निकायबाट पत्र ल्याए पनि स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार िसंहले त्यसको बारेमा कुनै किसिमको चासो नदिई भाग्ने काम गरेको आरोप भुपु कार्यालय सहयोगीहरुले लगाएका छन्। आफुहरुको माग जब सम्म पुरा हुदैन तब सम्म तालाबन्दी रहिरहने उनीहरुले जनाएका छन्।



प्ररायु संघ बाराको बैठक सम्पन्न

सुभाषप्रसाद साह

बारा २३ भदौ। नेकपा एमाले निकट प्रजातान्त्रि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति बाराको बैठक आज कलैयामा सम्पन्न भएको छ।

संघका जिल्ला अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय सदस्य अनिरुद्ध रावको बिशेष उपस्थितिमा सम्पन्न सो बैठकले यही भदौ २९ र ३० गते कलैयमा हुने जिल्ला अधिबेशनको लागि प्रतिनिधि छनौट प्रचारप्रसार आंशिक रुपमा भएको र भदौ २७ गते भित्रमा सम्पुर्ण कार्य पुरा गर्ने निर्णय गरेको अधिबेशन प्रचारप्रसार एवं संघका जिल्ला कमिटि सदस्य सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ। साथै प्रतिनिधि व्यवस्थापन माच व्यवस्थापन आर्थिक संकलन कार्य पनि तिब्ररुपमा भईरहेको बिज्ञप्तिमा जनाईएको छ।



लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एमाले नेता मैनालीको निर्देशन माओबादीले संबिधान निर्माण कार्यलाई बिथोल्न खोजेको छ सभासद प्यासी

-सुभाषप्रसाद साह-

बारा २३ भदौ । नेकपा एमालेको बैकल्पिक केन्द्रीय सदस्य अच्युत मैनालीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी गाउँ गाउँमा पारदार्शि रुपमा बिकासको काम गर्न एमालेका कार्यकताहरुलाई निर्देशन दिनु भएको छ। बाराको ईनर्वासिरा गाउँ कमिटिको गाउँ भेलालाई सम्बोधन गर्दै एमाले नेता मैनालीले यस्तो निर्देशन दिनुभएको हो।

यसै गरी सोहि भेलालाई सम्बोधन गर्दै एमाले बारा जिल्ला सचिवालय सददस्य एवं सभासद रामचन्द्र प्यासीले माओबादीले संसद अवरुद्ध गरी संबिधान बनाउँने कार्यलाई बिथोलेर एकतन्त्रीय तानाशाहि निरंकुश शासन ल्याउँन खोजेएको भए पनि माओबादीको नेतृत्वमा रहेको सरकार ढले जस्तै आफै पतन हुने बताउँनु भयो।

लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि नेपाली काँग्रेसलाई मुल बाटोमा ल्याउने एमाले नै माओबादीलाई शान्ति प्रकि्रयामा ल्याएको र एमालेको नेतृत्वमै नयाँ जनमुखी संबिधान समयमै निर्माण हुने सभासद प्यासीले बताउनु भयो।

एमाले गाउँ कमिटिका सचिव रमेश चौधरीको अध्यक्षतामा भएको सो गाउँ भेलामा देवनारायण चौधरी सुन्दर बिश्वकर्मा ईश्वर ढकाल दिलिप साह जोगिन्द्र मण्डल रामबिहारी चौधरी भोला देवान बृजकिशोर यादव राजेन्द्र चौधरी जवाहिर महतो शकुन्तला तमाङ्ग राधिका देवी सुधिर भट्टराई लगाएतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो। चन्द्रकान्त उपाध्यायले साचालन गर्नु भएको सो भेलामा मुस्लिम अंसारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।