Skip to main content

संकल्प प्रस्ताव संसदमा छलफल गर्न सकिन्छ -एमाले महासचिव

काठमाडौं २३ भदौ। नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संसदको गतिरोध अन्त्यका लागि माओवादीले उठाएका मुद्दामा संसदमा छलफल गर्न सकिने बताएका छन्। रिपोर्टस क्लब नेपालद्धारा आयोजित साक्षात्कार कार्यक्रममा महासचिव पोखरेलले माओवादीले उठाएको संकल्प प्रस्तावका वारेमा संसदमा छलफल गर्न सकिने बताए। उनले संकल्प प्रस्तावलाई साझा रुपमा प्रस्तुत गनुपर्ने बताए। महासचिव पोखरेलले भनेूराष्ट्रपतिको कदमका विषयमा माओवादीले उठाएको संकल्प प्रस्तावबारे संसदमा छलफल गर्दा कुनै आकास खस्ने वाला छैन तर यो सबैको साझा मुद्दा भएकाले प्रस्ताव पनि साझा रुपमा लैजान सकिन्छ। त्यसपछि देश सहमतिमा जान्छ र दलहरु बसेर तत्काल त्यसका लागि बाताबरण बनाउनु पर्छ। एमालेले अहिलको निकासको लागि यो प्रस्ताव अगाडी सारेको पोखरेलले बताए। महासचिव पोखरेलले विधिसम्मत रुपमा माओवादीका प्रस्ताव संसदभित्र प्रवेश गर्नदिनुपर्ने तर्क गरे। अहिलेका सबै विषयको टुङ्गो सम्वादबाट लगाउनु पन बताउँदै महासचिव पाखरेलले एमालेले छलफल चलाइरहेको बताए। यो सरकारको विकल्प अर्को सरकार नभएको ठोकुवा गर्दै उनले माओवादीको नेतृत्वको सरकार बन्न नसक्ने बताए। माओवादी सयुक्त सरकार चलाउन यसअघि नै असफल भइसकेकाले उसको नेतृत्वमा फेरी सयुक्त सरकारको सम्भावना नरहेको पाखरेलले बताए। माओवादीलाई पनि यो सरकारमा नै सहभागि गराएर राष्ट्रिय सरकार बनाउनु पर्छ अर्को मन्त्रिपरिषद विस्तारमा माओवादी सहभागी हुन्छ त्यो सहमतिको राष्ट्रिय सरकार बन्द महासचिव पाखरेलले भने अहिले माधवकुमार नेपालको विकल्प खोज्नु भनेको सहमतिको राजनीति तोड्नु हो। महासचिव पोखरेलले समयमा संविधान बनेन भने देश दुर्घटनामा पर्ने बताए।

रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव पाखरेलले यो सरकारले नै संविधान बनाउने र चुनाव गराएर सत्ता हस्तान्त्रण गर्ने बताए। शान्ति प्रकि्रयालाई निस्कर्षमा पुर्याउन पनि यो सरकार सफल हुने पोखरेलको दावी थियो। महासचिव पोखरेलले पार्टी भित्र आन्तरिक द्धन्द्ध रहेको तर सार्वजनिक रुपमा नभए आन्तरिक छलफलबाट टुङ्ग्याउइने बताए। उनले अनुशासन उंलंघन गर्ने जो सुकैलाई पनि शाक्तिसाली रहेको अनुशासन आयोगले कारवाही गर्ने बताए। सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका एमाले महासचिव पोखरेलले ६ महिना भित्र सेना समायोजन सकिने बताउँदै त्यसका लागि काम शुरु भइसकेको जानकारी दिए। माओवादी लडाकुलाई विशेषसमितिमा ल्याए सकेकाले उनीहरुले आफ्नै झण्डा राख्नु आपत्ति नहुने बताए। महासचिव पाखरेलले पशुपतिको पूजारी नियूतीलाई राजनितिकरण गर्न नहुने बताए। महासचिव पोखरेलले प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको भेटघाट सौहार्दपूर्ण रहेको बताए। उनले गठबन्धन दलहरुविचको सम्बन्ध समधुर रहेको र २२ दलको सहमतिमा सरकार अगाडी बढीरहेको बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।