Skip to main content

दसैंको मुखमा बिज्ञापन आतंक

दसैं आयो

मोजमस्ती गरौंला

कहाँबाट ल्याउला

बिज्ञापन आतंक मच्चाऔला

भक्तपुर २३ भदौ । हिजोआज नेपालका बिज्ञापन संकलक तथा झोले पत्रपत्रिकासंग निकट भएका मानिसहरुले उल्लखित गीतको भाव अनुसार काम गरिरहेका छन्। दसैं नजिक आउदा भक्तपुरका केही पत्रकारको भेष ओढेका मानिसहरुले यहाँका ब्यापारी उद्योगी र समाजका गन्यमान्य ब्यक्तिहरुलाई सम्पर्क गरी दसैंको लागि बिज्ञापन रुपी चन्दा दिन दवाव दिन थालेका छन्। यस किसिमको आतंक बर्षमा दुई पटक हुने गरेको छ। नयाँ बर्षको अवसर क्यालेण्डर र डायरीमा बिज्ञापन माग गर्ने गरिएको छ। असोज कार्तिकमा दसैं तिहारको नाममा बिज्ञापन आतंक हुने गरेको छ।

स्थानीय रुपमा दर्ता भएका तर कि्रयाशिल नभएका क्लव संस्थाहरुले नै आफ्ना मुखपत्रहरु निकाल्ने बहानामा बिज्ञापनदाताहरुलाई सताउने गर्दछन्। अरुबेला हराउने उनीहरु बर्षको दुई पटक यसरी बाहिर देखा पर्ने गरेका छन्। दशै तिहार र नयाँ बर्ष मनाउन मात्र पत्रकार हुनेहरुले पत्राकारितामा बिकृति ल्याएका छन्। यसरी छापिने पत्रिकाहरुको बिज्ञापन संकलन गर्ने जिम्मा पत्रकारितालाई ब्ल्याकमेलिङ गर्ने माध्यम मानेका दैनिक तथा साप्ताहिक पत्रिका साचालकहरु लिने गरेका छन्। उनीहरु मार्फत नै चाडपर्ब मनाउने पत्रिकाहरु छापिने गरेका हुन। चाडपर्ब मनाउने पत्रिकाहरु संस्थागत अर्थात मुखपत्रको रुपमा प्रकाशित गरिने भएकोले सुचना बिभागमा दर्ता गर्न आबश्यक छैन। यसै कारणले पनि चाड पर्ब मनाउन पत्रिकाहरुको यकिन तथ्याङक सरकारी क्षेत्रमा उपलब्ध छैन।

बर्षेनी लाखौं रुपैया बिज्ञापन आतंक मार्फत संकलन गर्ने गरिएको छ। यसरी संकलित रकम अबैध धन्दामा लगानी गर्ने गरिएको छ। बिज्ञापनदाताहरुले आफुले प्रदान गरेको रकमको खोजनिति गरेमा बिज्ञापन आतंक बन्द गर्न सकिन्छ। यसो नगरेमा भबिष्यमा थेग्न नै नसकिने गरी बिज्ञापन आतंकको समस्या आउने तर्फ बिज्ञापन ब्यबसायीहरु सचेत हुनु पर्ने देखिएको छ। बिज्ञापन क्षेत्रमा देखिन बिकृतिको प्रतक्ष्य मार बिज्ञापन ब्यबसायीहरुलाई भोग्नु पर्ने हुदाँ उनीहरु बेलैमा जागरुक भएर बिज्ञापनलाई आतंकित पार्ने ब्यबसायको रुपमा जनमानसले चिन्नु भन्दा पहिले खराब पत्रकारिता गर्नेहरुलाई निर्मुल पार्न तिर लाग्न आबश्यक छ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।