Skip to main content

परीक्षाको तयारी गर्न पर्यटकसंग नेपाली बिद्यार्थी


भक्तपुर २३ भदौ। कक्षा दशमा पढ्ने बिद्यार्थीहरुलाई यतिखेर परीक्षामा राम्रो अंक ल्याउने ध्याउन्नाले भ्याइनभ्याइ छ। नजिकै आएको टेस्ट परीक्षाको लागि कम्मर कसेर उनीहरु लागि परेका छन्।

अनिवार्य सामाजिक बिषयको सय पुर्णाङको बाइस अंक घुमघामसंग सम्बन्धित क्षेत्रबाट प्रश्न सोध्ने गरिएको छ। त्यसैले परीक्षाको लागि आबश्यक जानकारी हासिल गर्न बिद्यालयहरुले ऐतिहासिक पर्यटकीय स्थलहरुमा शैक्षिक भ्रमणको आयोजना गर्ने गरेका छन्।

ऐतिहासिक तथा पर्यटकीय हिसाबले पुर्ण भक्तपुर अध्ययन भ्रमणको लागि देशका बिभिन्न भागका बिद्यार्थीहरुको ओइरो लागेको छ। यहाँ हासिल गरेका जानकारीबाट उनीहरुले प्रश्न पत्र हल गर्नको लागि बिचार र आधार प्राप्त गर्ने गरेका छन।

सामाजिकको प्रश्न नं। २१ मा चार अंकको पर्यटन सम्बन्धी प्रश्नको लागि भ्रमणको क्रममा बिद्याथ्ार्ीले देखेका र भोगेका कुराको अनुभवमा समेत सजिलै सित उतर लेख्न सक्न्छन्। यो प्रश्नमा पर्यटन उद्योगले पार्ने सकारात्मक र नकारात्मक दुबै प्रभाब सम्बन्धि सोधिने भएकोले भक्तपुर भ्रमणको क्रममा यहाँ भ्रमण गर्ने असंख्य पर्यटकहरुको गतिबिधि नियालेर पनि आपनो पाठ्य सामाग्री आफै बनाउने गरेका छन्। फोटो नम्वर ६२मा भक्तपुर आएका केही बिद्यार्थी पर्यटकसंग भलाकुसारी गरिहेको देखिन्छ। यहाँ पर्यटकहरुले भोगेका समस्याहरु पनि प्रशस्त छन्। घोकको र सुनेको भन्दा आपुनै आखाँले प्रत्यक्ष देखेको कुरा लेख्न सजिलो हुनॆ भएकोले एसएलसी लगायत बिद्यालय तहका बिद्यार्थीहरुको लागि भक्तपुर खुल्ला अध्ययन केन्द्र रुपमा बिकसित भइरहेको छ।

प्रश्न नं २५ र २६ मा नौ नौ अंकको क्रमश ऐतिहासिक अध्ययन भ्रमण प्रतिबेदन लेख्ने र पर्यटन उद्योगको आर्थिक तथा सामाजिक क्षेत्रमा लक्षित लामो प्रश्न सोध्ने गरिएको छ। ऐतिहासिक प्रतिबेदन पाँच भागमा तयार गर्नु पर्दछ। पहिलो खण्डमा आफुले भ्रमण गरेको ठाउँ र भ्रमणको शिर्षक लेख्नु पर्दछ। भक्तपुर भ्रमणको लागि आपुनो उदेश्य अनुसार बिभिन्न शीर्षकहरु तयार पार्न सिक

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।