Skip to main content

समयमै संविधान वनाउन यूवाहरुको माग

काठमाडौं २३ भदौ। संविधान निर्माणका लागि राष्ट्रव्यापी यूवा दवाव
अभियानले समयमै संविधान निर्माणका लागि दवाव दिन आज मंगलवार
विजुलीवजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाको केन्द्रिय
कार्यालयमा धर्ना दिएको छ। धर्नापछि अभियानका तर्फवाट तमलोपालाई
ज्ञापनपत्र समेत वुझाएको छ। वृहत राजनीतिक सहमति कायम गर्दै समयमै
संविधान वनाउन आग्रह गर्दै वुझाईएको ज्ञापनपत्र पार्टीका अध्यक्ष महन्थ
ठाकुरले वुझनुभएको थियो।
अभियानले वुझाएको ज्ञापनपत्र वुझदै तमलोपा अध्यक्ष ठाकुरले आफ्नो दल
समयमै संविधान वनाउन प्रतिवद्ध रहेको वताउनुभयो। दलहरुको प्राथमिकतामा
संविधान वनाउने कार्य नपरेको जस्तो देखिएपनि वास्तविकता त्यस्तो नभएको
अध्यक्ष ठाकुरले वताउनुभयो। उहाँले समयमै संविधान नवने मुलुक गम्भिर
अनिश्चयको संकटमा फस्ने उल्लेख गर्दै त्यसो हुनवाट वचाउन पनि दलहरु
संविधान निर्माणको काममा लाग्नैपर्ने उहाँले वताउनुभयो। संविधान वनाउने
कामलाई सहज वनाउन मधेसवादी दलहरुले विभिन्न पार्टीहरुसँग छलफल शुरु गरेको
पनि उहाँले जानकारी दिनुभयो। संविधानको कार्यतालिका छैठौं शंसोधन हुने
अवस्था आउनु राम्रो नभएको उल्लेख गर्दै उहाँले अझै पनि सवै दलहरु गम्भिर
भएर लाग्ने हो भने तोकिएको समयभित्रै संविधान वन्न सक्ने विश्वास व्यक्त
गर्नुभयो।
दवाव अभियानका तर्फवाट वुझाइएको ज्ञापनपत्र लिदै ठाकुरले समयमै संविधान
जारी गर्न शुरु गरिएको यूवा दवाव अभियानप्रति आफनो दलको पूर्ण समर्थन
समेत व्यक्त गर्नुभयो।
अभियानका तर्फवाट संयोजक दीपक कुमार भटट्राई र अभियानकर्मी अजय वावु
शिवाकोटीले तोकिएको संविधानसभालाई प्राथमिकतामा राख्न राजनितिक दलका
नेताहरुलाई आग्रह गर्नुभयो। उहाँहरुले संविधान लेख्ने कामलाई नै छाँयामा
पार्ने गरि अन्य मुद्धाहरुलाई राजनितिको केन्द्रमा नल्याउन र वृहत
राजनितिक सहमति कायम गर्दै समयमै संविधान जारी गर्न अभियानका तर्फवाट
आग्रह गर्नुभयो।
अभियानले भदौ ५ गते एनेकपा माओवादी र भदौ २ गते नेपाली काँग्रेसको
कार्यालयमा समेत धर्ना दिएको थियो। साथै शुकवार २६ गते मधेसी जनाधिकार
फोरमको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ। त्यसैगरि अन्य राजनितिक
दलको कार्यालयमा समेत धर्ना दिने र समयमै संविधान जारी गर्न दवाव दिने
अभियानले जनाएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।