Skip to main content

मुर्तिको चिडियाघर खोज्न जादा


भक्तपुर २३ भदौ। साउन पुर्णिमा दिन भक्तपुरका बिभिन्न स्कुलमा पढ्ने सनिष राजचल मनिषा राजचल विक्रम सिल्पकार रिनिका सिल्पकार र ऐलेन सिल्पकार जनै पुर्णिमा मनाउन आफन्तको घरमा जम्मा भएको थिए। उनीहरु त्यस दिन गोमारीमा भेला भए। उनीहरुले त्यस दिन बिहानै खेत खेतमा गएर भ्यागुतालाई पुजा गरे। नेवारहरुले जनैपुर्णिमा खेतमा बस्ने भ्यागुताहरुलाई भात खुवाएर पुजा गर्ने गर्दछन्। भ्यागुताको पुजा सकिए पछि भने सबैजना घरमा जम्मा भएर गेडागुडी उमालेर बनाइएको तातो पाँचै जनाले क्वाँटी खाए।

क्वाँटी खाने कार्यक्रक सके पछि बिक्रमले भने लौ आज हामी भक्तपुर सहरमा रहेका मुर्तिका जनावरहरु खोज्न जाऔं। यो कुरा सुन्नासाथ फुच्चे ऐलेन जुरुक्क उठेर मुर्तिको पनि जनावर हुन्छ र भनी प्रश्न गरे। धेरै ठाउँमा जनावरहरुका मुर्तिहरु देखेका मनिषाले किन नहुनु नि पुराना मन्दिरको ढोका अगाडि त बाघ र िसंह जस्ता डरलाग्दा मुर्तिहरु बनाइएका हुन्छन् सबैलाई भने। यो कुरा अघि देखि सुनिरहेका रिनिकाले ए त्यसो भए आज बिदाको दिन मन्दिरहरुमा के केको मुर्ति बनाइएका छन् खोज्न हिडौं है

यस पछि उनीहरु भक्तपुरको दरवार क्षेत्रमा पुगे। त्यहाँ उनीहरुले मन्दिर गन्दा १४ भएको पाए। उनीहरुले त्यहाँ रहेको िसंहढोका दरवारमा रहेको बडेमानका िसंहलाई हेरे। यो देखेर सनिषले भने आबै यो त ठुलो सिह हगि। सिहको पछाडि त बाँदर पनि रहेछ मनिषाले देखाए। बाँदरलाई नजिस्याउ है उसले चिर्थोला नि भन्दै सनिष डराए। कोही पनि डराउनु पर्दैन त्यो त मुर्तिको बाँदर हो रामायणको हनुमान हुन। देखैनौ रामायणमा हुनमानले रामलाई कति धेरै सेवा गरेको बिक्रमले सबैलाई सम्झाउदै भने।

यस पछि उनीहरु कृष्णमन्दिर तिर गए। यहाँ अरु साथीहरु हाती र सिहमा चढिरहेको देखे। हाती त सानो नै रहेछ रिनिकाले भने। यसै मन्दिरको छेउमा रहेको सानो पशुपति मन्दिरमा रहेको ढुङगाका कै साँढेलाई भने अग्लो खम्वा माथि राखिएको थियो। कृष्ण मन्दिरको पछाडि रहेको ढुङगेधारमा रहेको गोहीलाई देखाउदै मनिषाले भने यो गोहीको दाँत त कति सानो हगि एताउती हेर्दा सनिषले धाराको पछाडि सर्प र भ्यागतो पनि देखे। जनावरहरुको बारेमा जानकारी दिदै बिक्रमले भने धाराबाट पानी सफा गर्न बसेका होलान नि यिनीहरु। तर धाराबाट भने पानी आएको थिएन।

धारको दाँया पट्टीमा हेर्दै जादा उनीहरुले राजकुमारी र राजकुमार घोडामा चढिरहेको पनि देखे। यहाँ उनीहरु पहिलाका राजारानी नुहाउने नागपोखरी गए त्यहाँ एक जोडी सुनको नाग र तीन जोडी ढुङगाको नागलाई नमस्कार गर्दै उनीहरु त्यहाँबाट हिडे।

दरवार क्षेत्रमा नै रहेको एउटा मन्दिरमा भने पँुचथरीका जनावहरुको मुर्ति राखिएको रहेछ। पहिला खुडकिलामा कुकुर त्यस पछि लहरै घोडा सिह गैडु र उँट राखिएको रहेछ। यसैको नजिकमा रहेको सिलु महादेबको मन्दिरमा पनि तीन थरीका जनावरहरु साथीहरुले हेरे। त्यहाँ हाती सिह र गाइको मुर्तिहरु रहेछन्।

घुम्दाघम्दै साथीहरु नेपालको सबैभन्दा ठुलो मन्दिरको अगाडि पुगे। यस मन्दिरमा पनि हाती सिह र सार्दुल भनिने जनावरको मुर्ति साथीहरुले देखे। सार्दुल भन्ने जनावरको जिउँ सिहको जस्तो हुन्छ भन्ने टाउको चाहि गिद्धको जस्तो हुन्छ। यसै मन्दिर छेवैमा रहेको भैरव मन्दिरमा कुकुरको मुर्ति बनाइएको छ। भैरवको बहान कुकुर भएकोले यस मन्दिरमा कुकुरको मुर्ति बनाइएको हो मन्दिरका कुरुवा आशा बहादुर खाताखोले उनीहरुलाई जानकारी गराए।

मलाई त कछुवा हेर्न मन लागेको छ कछुवा कहु गएर हेर्ने होला भनी ऐलेनले सोद्धा सनिषले जवाफ दिए कछुवा त भीमसेन मन्दिरमा छ। यस पछि उनीहरु कछुवा खोज्न भीमसेन मन्दिर रहेको दत्तात्रय टोल पुगे। त्यहाँ उनीहरुले मन्दिर अगाडि राखिएको खम्बा मुति कछुवा देखे। दतात्रयमा रहेको कार्पेन्टर सपमा उनीहरुले साना साना आकार जनावहरुको मुर्तिहरु खेव हेरे। त्यहाँ लाटोकोसेरो गिद्ध सिह कछुवा खरायो हरीण जरीण मयुर लगायत अनैकों जीबजन्तुका मुर्तिका देखे। ती मुर्तिहरु साथीहरुलाई उपहार दिन बिक्रमले मयुर र सिहको मुर्ति किने।

बिश्व मै मयुर झ्याल भनेर प्रख्यात रहेको झ्याल खोज्दै जाँदा उनीहरु जेला टोलमा पुगे। त्यहाँ उनीहरुले झ्यालमा आफ्नो प्वाँख फिजाइराखेको मयुरको मुर्ति अवलोकन गरे। भ्रमण टोलीका साथीहरुलाइ अरु पनि धेरै जनावरहरुको खोजी गर्ने मन थियो तर साँझ पर्न लागेकोले उनीहरु फर्के। फर्कने बेलामा उनीहरुले एकै स्वरमा भने सबै साथीहरुले जीबजन्तुलाई माया गरौं।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।