Skip to main content

सूचना बिभागमा पत्रिका फालाफाल


काठमाडौं २३ भदौ। नेपालबाट ब्यबसायिक रुपमा प्रकाशित भएका पत्रपत्रिकाहरु अनिबार्य रुपमा सुचना बिभागमा दर्ता गर्न आबश्यक रहेको छ। सरकारी क्षेत्रबाट दिने लोककल्याणकारी बिज्ञापन दिने निकाय समेत रहेको सुचना बिभागमा भने पत्रिकाहरुको बेहाल छ। ठाउँ नै नपुग्ने भए पछि आए जति पत्रिका मध्ये मुख्य मुख्य पत्रिका मात्र वाचनालयमा राखिन्छन्। अरु पत्रिका सिधै गोदामा लगेर थन्काइन्छन्। वाचनालयमा समेत पत्रिकाहरुको बिजोग छ। त्यहाँ पत्रिकाका चाङ तेबुलमुनि फालेर राख्ने गरिएको छ। नेपालमा पाठक भन्दा पत्रकार बढी पत्रकार भन्दा पत्रिका बढी भएर यसो भएको हुनु पर्दछ। लोककल्याणकारी बिज्ञापन दिने भए पछि हालसम्म बिभागमा करीब ५५ सय पत्रपत्रिका दर्ता छन्। एकै मानिसले समेत धेरै वटा पत्रिका निकाल्ने गरेको छ। सम्पादक र प्रकाशक समेत एकै ब्यक्ति हुने यस किसिमका पत्रिकाहरु बिभागको गोदामा थन्किएका छन्। खास भन्ने हो भने यी पत्रिकाको कारण ब्यबसायिक रुपमा पत्रिका चलाइरहेकाहरुले पाउने पर्ने सरकारी सुबिधा कतौती भएको छ।

कतिपय पत्रिकाहरु फोटोकपी गरेर बुझाइएका हुन्छन्। यसरी बुझाइएका पत्रिकाहरुले समेत बिभागबाट दिने लोककल्याणरी बिज्ञापन पाइरहनु दुखको कुरा भएको छ। फाल्नु पर्ने पत्रिकाहरुलाई बिज्ञापन दिन नपर्ने निती बिभागले ल्याउनु पर्ने देखिन्छ। पत्रकारिताको मर्म अनुसार चलेका अखवारहरुलाई मात्र बिज्ञापन दिने सरकारी निती आउन ढिलो भैसकेको छ। बर्गीकरणको नियमलाई कडा गर्ने हो भने यी अखवार बिभागमा दर्ता गर्न पर्ने देखिदैन। अनाबश्यक पत्रिका दर्ता नगरे पछि आबश्यक पत्रिकाहरुको ब्यबस्था गर्न बिभागलाई सजिलो हुनेछ। बजारमा कतै नपाइने र बिज्ञापनदाताहरुलाई मात्र बितरण गरिने यस्ता पत्रिकाको संकलन गरेर राख्ने सुचना बिभागले आम पत्रकारहरुलाई अपमान मात्र गरेको छैन पत्रकारिताको बिकासको लागि बाधककौ रुपमा देखा परेको छ। आगामी दिनमा बिभागले यस बिषयमा गम्भिर भएर सोच्न आबश्यक रहेको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।