सिन्धुली, २५ साउन । अज्ञात रोगबाट सिन्धुलीको क्यानेश्वर-९ मा मृत्यु हुनेको संख्या पांच पुगेको छ।
एक हप्ता अघिदेखि फैलिएको अज्ञात रोगबाट १३ वर्षीया सुनमाया घलान, कालीमाया वि.क.को लालबन्दी स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ भने १० वर्षीय राजु बल लगायत अन्य ४ जनाको स्थानीय शिविरमा उपचार भइरहेको छ। चारजना मध्ये दुइको अवस्था अत्यन्तै नाजुक बन्दै गइरहेको छ।
प्रभावित क्षेत्रमा खटेका चिकित्सकका अनुसार सो स्थानमा डेंगु हेमोरेजीक फिवर फैलिएको अनुमान गरेका छन्। अन्य थप बिशेषज्ञको टोली मगाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment