Skip to main content

झोले पत्रिका नियन्त्रण गर्न नयां ब्यवस्था

भक्तपुर, २५ साउन। झोले पत्रिका छापेर सरकारले दिने गरेको लोककल्याणकारी विज्ञापन लुट्न तल्लीन ब्यक्तिहरूलाइ निरूत्साहित गर्न नयँं पत्रपत्रिका बर्गीकरणको नियम लागु भएको छ। साउन १९ गते प्रेस काउन्सिलले एक सूचना प्रकाशित गरी सो ब्यवस्थाको बारेमा जानकारी गराएको छ। यो व्यवस्था अनुरूप प्रत्येक आर्थिक वर्षो साउनदेखि असार मसान्तसम्ममा सो बमोजिमको अंक प्रकाशित गरी असोज मसान्तभित्र प्रकाशन वितरणको लेखा परीक्षकद्वारा संपरीक्षण गर्राई आवेदन दिने पत्रपत्रिकाको मात्र संपरीक्षण मूल्यांकन गरिने भएको छ। म्याद समाप्त भएको मितिले ७ दिनभित्र दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने ब्यवस्था पनि गरिएको छ। वर्गीकरणका निम्ति प्रस्तुत भएको पत्रपत्रिका प्रष्टसंग छपाई प्रेस -प्रिन्टिङ प्रेस) बाट छापिएको हुनुपर्ने छ। अन्यथा वर्गीकरणमा समावेश गरिने छैन।
संस्थागत पत्रिकाको हकमा कुनै दाताको सहयोगमा वा आप\mनो संस्थाको प्रचार वा पर््रवर्द्धनको उद्देश्यले प्रकाशन भएको भए वर्गीकरणमा समावेश गरिने छैन।
समाचारलाई सम्पादकीय भनी उल्लेख गर्ने, प्रायजसो समाचार सामग्री विभिन्न पत्रपत्रिकाबाट साभार गर्ने, विभिन्न न्यूज एजेन्सीको समाचार सामग्री मात्र उल्लेख गर्ने तर ५० प्रतिशत आप\mनो मौलिक सामग्री प्रस्तुत नगर्ने पत्रपत्रिकालाई पनि वर्गीकरणमा समावेश गरिने छैन।
एकै व्यक्ति प्रकाशक वा सम्पादक भई एकै भाषा र एकै प्रकारको एकभन्दा बढी पत्रिका प्रकाशित गरी वर्गीकरण मूल्यांकनका लागि निवेदन दिएको रहेछ भने एउटामात्र पत्रिकाको मूल्यांकन गरिने छ। जस्तै ः कुनै व्यक्तिले आप\mनो प्रकाशकत्व वा सम्पादकत्वमा १ भन्दाबढी साप्ताहिक प्रकाशन गरेको
-एउटै भाषामा) रहेछ भने एउटाको मात्र मूल्यांकन गरिने छ । एकहजार प्रतिभन्दा कम प्रति छापी विक्री वितरण गर्ने पत्रिकालाई वर्गीकरणमा समावेश गरिने छैन। तर, पत्रकारिताको विकासका निम्ति भौतिक पर्ूवाधारका दृष्टिले पछि परेका जिल्लाहरू -पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, गुल्मी, अर्घर्ाांची, रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, रूकुम, रोल्पा, सल्यान, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बझाङ,बाजुरा, डोटी, अछाम, दार्चुला र बैतडी) बाट प्रकाशित हुने पत्रपत्रिकाको हकमा न्यूनतम पांच सय प्रति छापिने रहेछ भने पनि वर्गीकरणमा समावेश गरिने छ।
नयां नियममा भक्तपुरबाट प्रकाशित हुने अधिकांश पत्रिका बर्गीकरणको लागि उपयुक्त देखिदैनन् । यहां एकै ब्यक्तिले चारवटा पत्रिकाका सम्पादक भएर बसेका छन्। बिकल प्रसाद श्रेष्ठले प्रक्षेपण, आगो, नेपालन्युज र समाचारमञ्च सम्पादन गर्ने गरेका छन्। सोम बजगाइले २ वटा पत्रिका सम्पादन गर्ने गरेका छन्। बजगाइले समय समाज र नवदेश सम्पादन गर्ने गर्दछन्। रमेश खड्काले राजधानी एक्सप्रेस र धराहरा टाइम्स सम्पादन गर्ने गरेका छन्। यी पत्रिकाहरूले आफ्नो भनेर दिएको फ्याक्स नं. एउटै छ। ६६१६६६२ नम्बरको फ्यँक्स नम्वर यी पत्रिकाहरूमा उल्लेख गरिएको छ। तर यो नम्बर भक्तपुरको एउटा फोटोकपी पसलको हो। यही फोटोकपी पसलबाट पत्रिकाहरू फोटोकपी गरी काउन्सिलमा दर्ता गर्ने सहजै अनुमान लगाउन सकिन्छ । यो फोटोकपी पसल कमल बिनायकमा रहेको छ। समयसमाज र नवदेश साप्ताहिकले एनजीओ महासंघको कम्प्युटर र कार्यालय प्रयोग गरी पत्रिका डिजाइन गर्ने गर्दछ। यस हिसावले यी पत्रिकाहरू एनजीओ महासंघको मुखपत्र भएको स्पष्ट हुन्छ । कुनै संस्थाको मुखपत्रलाई काउन्सिलले बर्गीकरण नगर्ने नीति लिएको छ।
अरू पत्रिकाहरूको भने निश्चित कार्यालय पनि छैन। जहां कम्प्युटर सेवा उपलब्ध हुन्छ, त्यहीबाट पत्रिकाको काम गर्छन्। पत्रिकाको कार्यालय भनेर सम्पादकीय वा ठेगाना पेजमा घरीघरी परिवर्तन गरेको पाइन्छ। कहिले काठमाण्डौं त कहिले भक्तपुर उल्लेख गरिएको हुन्छ।
अमर भुजुको दवाब साप्ताहिकमा अन्य पत्रिकाका समाचारहरू श्रोत नखुलाइकन छापिन्छन् । यी पत्रिकाहरूको छापा स्पष्ट छैन। छापिएका अक्षरहरू बुझिदैनन्। अन्य झोले पत्रिकाहरू त फोटोकपी गरेर समेत प्रेस काउन्सिलमा बुझाउने गरिएको छ। अधिकांश सामग्री गलत छापिन्छन्। यदि गलत समाचारको खण्डन नआएमा समाचार सत्य भएको भनी आगामी अंकमा दावी गर्ने गरिएको छ। धेरैले यी अखवारका प्रभावहीनता बुझेर खण्डन गर्न रूचाउदैनन्।
यी अखवारको बिषेशताको रूपमा अश्लील साहित्य राखिएका छन् । यी पत्रिकाहरूलाइ समाचार पत्र हो वा म्यागजिन भनी छुट्टयाउन पनि गाह्रो छ । कति प्रति छापिन्छ भन्ने बिषय पनि विवादित रहेको छ। तर १ हजार भन्दा बढी प्रति छापिने छांट देखिदैन। श्रोत नखुलाइकन लेख र समाचार छापिएका हुन्छन्। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएको पनि देखिदैन। कार्यरत कर्मचारीले न्युनतम तलब पाएका छैनन्। सरकारी पैसा पाउनको लागि गरिने पत्रकारिता नयां नियमले नियन्त्रण हुने देखिएको छ। सम्भव भएमा वाचनालय र पुस्तकालयमा पत्रिकाको अवस्थाका बारेमा जानकारी राखेर वर्गीकरण गर्न आवश्यक देखिन्छ । त्यहां भेटिएका पाठकहरूको बिचार पनि पत्रिका वर्गीकरणमा राख्न आवश्यक छ।-रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।