काठमाडौं, ८ असार । शुभश्री स्रष्टा र संगीत पुरस्कार स्थापना गरिएको छ। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पुरस्कारको स्थापना गरेको शुभश्री कलेजले प्रत्येक दर्ुइ वर्षा प्रदान गर्ने पुरस्कारको राशी ३०- ३० हजार रुपियां, ताम्रपत्र र दोसल्ला रहने जनाएको छ।
शुभश्री कोओपरेटिम लिमिटेडको सक्रियतामा स्थापित तथा शुभश्री कलेज, तीनकुनेको संचालनमा गर्ने व्यवस्था मिलाइएको पुरस्कारहरु शुभश्री नगेन्द्र स्रष्टा सम्मान र शुभश्री सोफिया संगित सम्मान निबन्धकार तथा पत्रकार नगेन्द्र शर्मा र सोफिया शर्माको सम्झनामा स्थापना गरिएको जनाइएको छ। पुरस्कार आषाढ ८ गते प्रदान गरिने छ।
Comments
Post a Comment