वीरगंज, ८ असार । विभिन्न स्थानमा सडक दुर्घटना हुंदा दर्जनौ घाइते भएका छन्। आज बिहान चितवनको खैरहनी-४ नजिकै ना२प ७५७० नं.को मोटरसाइकलले कठार-५ बस्ने १८ वर्षीया युवती सीमा चौधरीलाई ठक्कर दिंदा घाइते भएकी छन्, उनको भरतपुर अस्पताल उपचार भइरहेको छ भने ठक्कर दिने चालकलाइ प्रहरीले पक्राउ गरेको छ।
बिहान कविलास-५ स्थित पृथ्वी राजमार्गमा ना३ख ३३१७ नं.को बस र ग१च ३०६७ नं.को एम्बुलेन्स एक आपसमा ठोक्किंदा एम्बुलेन्स चालक सहित ३ जना घाइते भएका छन्। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
बिहान मकवानपुरको हर्नामाडी-५ नजिकै बा११प ६८०९ नं.को मोटरसाइकलले आज बिहान सोही ठाउं बस्ने टेकनाथ सुवेदीलाई ठक्कर दिंदा मोटरसाइकलमा सवार गरी तीनजना घाइते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।
Comments
Post a Comment