काठमाडौं, १४ असार । खस ब्राम्हण समाज, नेपालले आन्दोलन गर्नेभएको छ । रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी १३ सूत्रीय माग राखी आन्दोलन गर्ने जनाएको हो ।
समाजका अध्यक्ष मोहनप्रसाद भण्डारीले १३ सूत्रीय मागप्रति बेवास्ता भए सडक संर्घष्ाको चेतावनी दिए । खस ब्राम्हण आदिवासी हुदाहुदै संविधानमा अन्य जाति भनी उल्लेख गरिएको भन्दै आपत्ती जनाए । उनले भने, पछि आएकाहरु आदिवासी हुने शताब्दीऔं देखि रहेर राज्यको एकीकरण र संगठनका लागि योगदान पुर्याउनेलाई अन्य जाति भन्नु हदैसम्मको भेदभाव हो ।
समाजले खस ब्राम्हणलाई आदिवासीमा सुचीकृत गर्नुपर्ने, राज्यको सबै निकायमा उचित प्रतिनिधित्व, नेपाली भाषलाई एकताको सूत्रका रुपमा लागू गर्नुपर्नेलगायतको माग अगाडि सारेको हो ।
Comments
Post a Comment