-भरत पाण्डेय-
गुल्मी १२ असार । रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको आयोजनामा रेसुंगा क्षेत्र संरक्षण र सम्बर्धनमा हाम्रो दायित्व विषयक अर्न्तक्रिया कार्यक्रम आज रेसुंगा डांडाको पोखरी क्षेत्रमा सम्पन्न भएको छ।
अर्न्तक्रियामा रेसुंगा क्षेत्रको एतिहासीक, सांस्कृति, क्षेत्रको संरक्षण र महत्व जोगाइराख्नु अहिलेको मुख्य आवश्यकता भएको कुरामा जोड दिइएको थियो । त्यस्तै रेसुंगा क्षेत्रमा रहेका बहुमुल्य जटीबुटी र बन्य जन्तुहरुको विनास बढ्दै गएकाले पनि त्यसको संरक्षण र सुरक्षाका लागि स्थानीय प्रशासन देखि, सामुदायीक वनहरु र रेसुंगा क्षेत्रसंग सम्बन्धित सम्पर्ूण्ा संघ संस्थाहरुले विशेष पहल गर्नु पर्ने पनि कार्यक्रममा औल्याइएको थियो।
अर्न्तक्रिया कार्यक्रमले रेसुंगाका सम्पूर्ण पुरातात्वीक संरचनाहरुको संरक्षण गर्दै थप विकासका कार्यहरु अगाडी बढाउने, जैविक विविधताहरुको संरक्षण गर्ने, बनस्पती र बन्य जन्तुको संरक्षणमा सबैले भुमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ ।
सो क्षेत्रको धार्मिक महत्वमा बिशेष दख्खल राख्ने शशी पन्थी, दीन पन्थी, प्रेमनाथ अर्याल, नेपाली कांग्रेसका जिल्ला सचिव फणिन्द्र भण्डारी, एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अटल, प्रमुख जिल्ला अधिकारी टेकबिरजंग रायमाझी, रेसुंगा संरक्षण समितिका युवराज भण्डारी, रेसुंगा जंगल क्षेत्र वरपरका सामुदायीक बनका प्रतिनिधि, जिल्लाका सुरक्षा प्रमुखहरु, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमबहादुर पाण्डेको अध्यक्षता र रुरु रेसुंगा क्षेत्र संरक्ष्ण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक अर्जुन आचार्यको संचालनमा सम्पन्न भएको थियो।

Comments
Post a Comment