वीरगंज ६ असार/ सुरक्षाको माग गर्दै पर्साका गाविस सचिवहरुले आन्दोलनको घोषणा गरेको छ।
गाविस सचिव हकहित संरक्षण केन्द्र पर्साले भूमिगत संगठनहरुबाट सचिवहरुसंग रकम माग गरी धम्क्याएको घटनाप्रति सम्बन्धित निकायले कुनै ध्यान नदिएको भन्दै असार ८ गते संकेतिक हड्ताल गर्ने र ९ गते आन्दोलनका सशक्त कार्यक्रमहरुको घोषणा गर्ने जनाएका छन्। सचिवहरुलाई विभिन्न भुमिगत संगठनका सदस्यहरुले दश-दश हजारको दरले चन्दा मांग गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केन्द्रका अध्यक्ष मदनमोहन मालीले जानकारी गराए।
Comments
Post a Comment