वीरगंज, ८ असार । पर्सा जिल्लामा रहेको हेल्थ पोष्ट सेढवाका प्रमुख र अनमी ५ दिनदेखि बेपत्ता भएपछि स्थानीयवासीले तालाबन्दी गरेका छन्।
आज बिहान स्थानीयवासिन्दाले हेल्थपोस्ट प्रमुख राजकिशोर महतो र अनमी नारायण देवी चौधरीले विरामीहरुको उपचारमा कुनै चासो नदेखाइ कार्यालयमा ५ दिनदेखि अनुपस्थित भएको भन्दै तालाबन्दी गरेका हुन्।
उनीहरुले जानकारी नै नदिइ कार्यालयमा अनुपस्थित भएपछि तालाबन्दी गर्नुपरेको गाविस पूर्व अध्यक्ष ठाकुरप्रसाद महतोले बताएका छन्।
Comments
Post a Comment