Skip to main content

दिनहुं पैसा राख्न र झिक्न व्यस्त छन् महिलाहरु

-हरि हुमागाई
नेवारपानी , १२ असार/मकवानपुरको बसामाडी गाविस नेवारपानी निवासी सीता सापकोटा महिला परिवर्तन सहकारी संस्थासंग आवद्ध हुनुहुन्छ । एक वर्षअघि सहकारी संस्थामा नबसुन्जेल उहांलाई खेतीपानी र पशुपालन गर्न पनि ऋण लिनको समस्या पथ्र्यो । तर, अहिले सहकारीमा आवद्ध भएपछि ऋण लिन निकै सजिलो भएको सापकोटा बताउनुहुन्छ ।
एक वर्षअघि मात्रै सुरु भएको सहकारी संस्थाले दिनहुं पैसा बचत र आफूलाई चाहे जति ऋण लिन पाएकोमा खुसी व्यक्त गर्दै उहां भन्नुहुन्छ-"सहकारी संस्थाले बैंंकको जस्तै सुविधा दिएपछि हामीहरु गाउंमा बसेर काम गर्नेलाई पनि निकै सजिलो भएको छ ।"
सृजनशील महिला समूहकी अध्यक्ष सावित्री विष्ट पनि सहकारीमा आवद्ध भएपछि सानोतिनो कारेाबारका लागि बैंक धाउनु पर्ने समस्या हटेको बताउनुहुन्छ ।
नेवारपानीकै सृजनशील महिला समूहकी सचिव संजिता न्यौपाने भर्खर सुरु गरेको महिला समूहमा आवद्ध महिलाहरुले सहकारी संस्थाबाट निकै राहत पाएको बताउंदै अगाडि भन्नुहुन्छ-"सहकारीमा आवद्ध नहुन्जेल हामी महिलालाई कसैले पनि ऋण पत्याउदैनथिए तर अहिले महिलाहरुसंग हारगुहार गरेर पुरुषहरुले ऋण माग्ने गर्छन् ।"
बसामाडी गाविस नेवारपानीकी ६५ वषर्ीय ठूलीमाया घलान सहकारी संस्था र समूहमा आवद्ध हुनुहुन्न । सहकारीमा आवद्ध महिलाहरुले दिनहुं पैसा बचत गर्ने र झिक्ने गरेकोमा अहिले निकै पछुताउनु भएको छ ।
घरको कामधन्दा नभ्याएकै कारण सहकारीमा नबस्नुभएकी घलानलाई सहकारीले बैंंकको जस्तै काम गरेको देखेर निकै खुसी लागेको छ । घरको कामधन्दा घटाएरै भएपनि अब सहकारीमा आवद्ध हुनु पर्छ भन्ने उहांलाई लागेको छ ।
नेवारपानी को सहकारीमा मात्र होइन,मकवानपुरको टिष्टुङ गाविसको महिला शक्ति बचत तथा ऋण सहकारी संस्थामा पनि बैंकको जसरी नै कारोबार गर्ने गरिएको सहकारीकी अध्यक्ष सुभद्रा गुरुङ बताउनुहुन्छ ।
कुनै पनि बैंकबाट ऋण लिन धितो राख्नै पर्ने प्रावधान छ । तर, सहकारीबाट ऋण लिन धितो राख्न नपरेकाले उन्नत क्षेत्रमा लगानी गर्न सजिलो भएकोमा खुसी व्यक्त गर्दै महिला जनशक्ति ऋण तथा बचत सहकारी संस्था चुरियामाईकी अध्यक्ष मेनुका दाहाल भन्नुहुन्छ-"बैंकमा त ऋण लिनलाई लालपर्ुजा वा गहना राख्नर्ुपर्छ तर, सहकारीबाट ऋण लिन सहकारीकै २/३ जना दिदीबहिनी साक्षी बसे हुन्छ ।"
बसामाडी, टिस्टुङ र चुरियामाई गाविसका सहकारी संस्थाले मात्र होइन, मकवानपुरका विभिन्न गाविसमा रहेका २० वटा सहकारी संस्थाहरुले बैंकले दिने सबै सुविधा दिएको ग्रामीण महिला सेवा केन्द्र मकवानपुरकी अध्यक्ष भगवती पुडासैनी बताउनुहुन्छ ।
ग्रामीण महिला सेवा केन्द्र हेटौंडा अन्तरगत रहेका २२ गाविसका २५ सहकारी संस्थाहरुमा आवद्ध महिलाहरु संगठित भएर बचत गर्ने बानीले गर्दा आर्थिक क्षेत्रमा राम्ररी सुधार भएको बताउंदै ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष भगवती पुडासैनी भन्नुहुन्छ-"ग्रामीण क्षेत्रका महिलाहरु संगठित भएर बचत गर्ने बानीले सबै क्षेत्रमा सुधार आएको छ ।"
सहकारी संस्थाहरुले गर्दा सानो रकम जम्मा गरेर ऋण सुविधा नपाएकाहरुलाई सजिलो भएको बताउंदै ग्रामीण महिला सेवा केन्द्रकी लघु वित्त अधिकृत कान्छी श्रेष्ठ भन्नुहुन्छ-"पहिले मासिक ३० रुपैयां कसरी समूहमा जम्मा गर्न सकिन्छ भनेर पछि हटेका महिलाहरु अहिले सहकारी संस्थाहरुबाट नै आर्थिक क्रान्ति ल्याउन अगाडी बढेका छन् ।"
गाउंका सहकारी संस्थाहरुले हेटौंडाका ठूला बैंकहरुभन्दा पनि माथि उठेर दिनहुं थोरै रकम बचत गर्ने कार्यक्रम पनि राखेका छन् । अनि दिनहुं चाहे जति रकम सजिलैसंग झिकेर आफ्नो समस्या र्टार्न पाएपछि महिलाहरुमा आर्थिक स्तरमा ठूलै परिवर्तन आएको बताउंदैं संघकी अध्यक्ष सुलोचना स्याङ्तान भन्नुहुन्छ-"महिलाहरुले दिनहुं थोरै बचत गर्ने बानीले राखेको पैसाको
पनि व्याज पाएका छन् । यता घरमा पैसा राख्नु पर्ने समस्या पनि हटेको छ ।"
सहकारीमा आवद्ध भएपछि गाउंका विपन्न वर्गहरु सबैभन्दा बढी लाभान्वित भएका छन् । सहकारीमा आवद्ध महिलाहरुले बैंकको सुविधा त पाएका छन् नै । सहकारीमा आवद्ध भएका महिलाहरु राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उत्तिकै अग्रसर भएको प्लान नेपाल मकवानपुरका प्रेम साम्व्यू बताउनुहुन्छ ।
सहकारीमा आवद्ध महिलाहरुको अहिले साधनस्रोत माथि पहुंच बढेको छ । सम्मानित पनि हुंदै गएका छन् । अहिले महिलाहरु सहकारीबाट अग्रसर भएपछि बालबालिकाहरुलाई पठनपाठनमा पनि सजिलो भएको बताउंदै प्लान नेपाल मकवानपुरका प्रेम साम्व्यू भन्नुहुन्छ-"सहकारीले महिलाहरुको त क्षमता बढ्यो नै यता छोरीछोरालाई निरन्तर पर्ढाई रहनर्ुपर्छ भन्ने चेतना समेत जागेको छ ।"
सहकारीमा आवद्ध मकवानपुरका हजारौंं महिलाहरु घरबाहिर आफ्नो पहुंच बढाउन सक्षम बन्दै गएको बताउंदै सहमती संस्थाका होमनाथ सुवेदी भन्नुहुन्छ-"सहकारीमा आवद्ध महिलाहरुको आर्थिक स्तरमा सुधारसंगै साधनस्रोतमा पनि पहुंच बढेको छ।"

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।