-भरत पाण्डेय
गुल्मी ७ असार । विद्युत आपूर्तिमा अनियमितता भएको भन्दै स्थनिय वासिन्दाले गुल्मीको वामीमा रहेको करमखोला लघु जलविद्युतगृहमा तालाबन्दी गरीदिएका छन् । विद्युत वितरणमा अनियमितता भएको भन्दै वामी गाविस वडा नं ७ का स्थानिय बासीन्दाले ताला लगाईदिएका हुन् । अपरेटरले विद्युत वितरणमा मनपरी गरेको विद्युत आफूखुसी बन्द र खुल्ला गर्ने गरेको तथा उपभोक्ता समितीले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै सो वडाका ३२ जना उपभोक्ताले तालाबन्दी गरीदिएका हुन् ।
नौ किलोवाट क्षमताको विद्युत गृहमा तालाबन्दी गरेपछि सो विजुलीबाट लाभान्वित ८१ घरधुरी अध्यँरोमा बस्न बाध्य भएको स्थानिय रामकृष्ण कँणेलले बताए । उपभोक्ताहरुको भेलामार्फ समस्या समाधान गर्न माग गरेका स्थानिय बासीन्दाले तत्काल समस्या समाधान गर्न उपभोक्ता समितीले पहल नगरेमा कडा संघर्षमा उत्रनेे बताएका छन् । उपभोक्ता समितीका अध्यक्ष ध्वजनसिँ खत्रीले भने स्थानिय पहलमा निर्मीत उक्त योजनामा तालाबन्दी हुँदा जनतालार्य समस्या भएकोले वार्ताका माध्यमबाट समस्या समाधान गरीने बताए ।

Comments
Post a Comment