भक्तपुर, ३ असार। गत भ्यालेनटाइन डे १४ फरवरी का दिनमा आफ्ना सबै साथीहरू प्रेम रसमा डुबेको बेला सेन्ट जेभिएर कलेजमा अध्ययनरत दर्ुइ बिद्यार्थी द्वय जिडी पुडासैनी र उत्सव कंडेल भने आकाश हेरेर बसेका थिए। त्यतिबेलामा तिनीहरूले नेपालमा ब्रम्हाण्डको बारेमा अध्ययन अध्यापन नभएको बिषयमा गम्भीर छलफल गरे। सबैको चासोको बिषय भएर पनि यस बिषयमा नेपालका खासै अनुसन्धानका कार्यहरू हुन सकेको छैन। बिद्यार्थीहरूलाई यस क्षेत्रमा रूचि जगाउन उनीहरू त्यसै दिन ब्रम्हाण्डको बिषयमा बृत्तचित्र बनाउन दत्तचित भएर लागे।
यसको चार महिना पछि १४ जुनमा तिनीहरूले तयार पारेको हब्बल एण्ड दि युनिर्भस शिर्षको बृत्तचित्रको प्रथम र्सार्बजनिक पर््रदर्शन गरिएको छ। बृत्तचित्रको प्रथम पर््रदर्शन हर्ेन उपत्यका भित्र बिज्ञान बिषय अध्ययन-अध्यापन हुने कलेजका झण्डै ५ सय बिद्यार्थीहरूको उपस्थिति थियो। बृत्तचित्र खोप कलेज, त्रिचन्द्र कलेज, अस्कल क्याम्पस, सेन्ट जेभिएर कलेज, गोल्डेन गेट कलेज, ह्वाइट हाउस कलेजका बिज्ञान बिषयका बिद्यार्थीहरूले निकै उत्सुकताका साथ हेरेका थिए।
बृत्तचित्र हालसम्मको सबैभन्दा उत्कृष्ट मानिएको हब्बल टेलिस्कोपमा केन्द्रित रहेको छ। सो टेलिस्कोपले पठाएको ब्रम्हाण्डका फोटोहरू बृत्तचित्रमा समेटिएको छ। १ घण्टा ४५ मिनेट लामो बृत्तचित्रमा ब्रम्हाण्डमा रहेका नेबुला, ग्यालेक्सी, ब्ल्याक होल, सौर्य मण्डलमा रहेका ग्रह नक्षत्रका बारेमा जानकारी राखिएको छ। ब्रम्हाण्डको बारेमा सरल भाषामा बुझाउन निर्माताहरूले पृथ्वीमा हुने गतिबिधिसंग ब्रम्हाण्डको तुलना गरेर देखाएका छन्। बृत्तचित्रको डिभीडी पनि र्सार्बजनिक भएको छ। यसको मूल्य १ सय रूपैयां तोकिएको छ।
सो बृत्तचित्र कलेजहरूमा लगेर देखाउने कार्यक्रम पनि निर्माताहरूले तय गरेका छन्।- रविन राचलिका हरित समूह
Comments
Post a Comment