मकवानपुर , १४ असार । चोरहरुले मोबाइल पसलमा चोरी गरेपछि पीडित समूहले हेटौडा बजार बन्द गराएका छन्।
आज बिहान ९ बजे पीडित पक्षले सुरक्ष्ँाको मांग गर्दै करिब ३० जनाको संख्यामा रहेका व्यक्तिहरुले बजार बन्द गराएका हुन्।
असार १२ गते हेटौडा नगरपालिका वडा नं.-४ मा रहेको राउत इलेक्ट्रोनिक्स पसल चोरहरुले लाखौं मूल्य बराबरको सामान चोरी गरी लगेको पसल संचालक महेन्द्र राउतले बताए।
मकवानपुरमा हाल पसल चोरी तथा ब्यक्ति लुटका घटनाहरु बढ्दै गइरहेको छ भने दुइ दिन अगाडिमात्र जालान आइरन एण्ड मेशिनरीका मनोज जालानका हतियारधारी समूहले पेस्तोल देखाई ४ लाख ५० हजार लुटेका थिए । प्रदर्शनकारीहरुले प्रहरीको निष्त्रिmयताको कारण चोरी,डकैति, लुटपाटको घटना बढोत्तरी भएको भन्दै सुरक्षाको मांग गरेका छन्।
Comments
Post a Comment