--संगम बानियां --
काठमाडौं, १२ असार। उपत्यकाको बुढानीलकण्ठ स्कुलमा आठ कक्षामा अध्ययनरत शुभा बानियांले शुभारम्भ एल्वम बजारमा ल्याएकी छिन्।
दिल्लीमा स्काउटको जेम्वोरी सम्मेलनमा सहभागी भएर समेत आफनो गीत सुनाइसकेकी शुभा कथा, कविता र निबन्ध लेख्न रुचि राख्छिन्। बूढानीलकण्ठ स्कुलमा आठ कक्षामा अध्ययनरत उनी उत्कृष्ट स्वर भएकी विद्यार्थी हुन्। देशको वर्तमान परिस्थिति, बालबालिकाले व्यहोर्नुपरेको दुःख, पढाइको अवस्था आदि विषयसंग सम्बन्धित गीतहरु शुभारम्भमा समेटिएका छन्।
टायरको धुंवा सधैं सधैं बाटो बन्द
सधैं नारा सधैं जुलुस सधैं स्कुल बन्द
बन्द बाटा बन्द स्कुल खुल्न देउन
सिर्जनाका नौलाबाटा खन्न देउन
यी मार्मिक शब्दहरु एउटा बाल एल्बम समेटिएको गीतको हो। बालबालिकाले भोग्नु परेको पीडालाई सजीव ढङ्गले उतारिएको आफ्नो पहिलो गीति संग्रह शुभारम्भ लिएर शुभा बानियां संगीत क्षेत्रमा उदाएकी छिन्। डि्रम्स म्युजिकको प्रस्तुति रहेको यो एल्बममा छुट्टाछुट्टै परिवेशमा १० वटा गीतहरु समेटिएका छन्। रामबाबु सुवेदी, दिनेश अधिकारी, दैवज्ञराज न्यौपाने, कृष्णप्रसाद पराजुली, रामप्रसाद ज्ञवाली, डिल्लीराज पौडेलका शब्दहरुमा सुमधुर स्वर दिएकी शुभा बानियां गीत गाउंदा आफूलाई आनन्द अनुभूति हुने बताउंछिन्। भविष्यमा कार्डियोलोजिष्ट डाक्टर बन्ने सपना बोकेकी शुभा संगीत क्षेत्रलाई समेत संगसंगै अगाडि बढाउने बताउंछिन्।
Comments
Post a Comment