महोत्तरी, १४ असार । डांकाहरुले महोत्तरीको मेघनाथ गोरहन्ना-३ मा ६ जनाको घरमा लुटपाट गर्नुको साथै पान परागको डब्बामा बनाएको बम विस्फोट गराउंदा चारजना घाइते भएका छन्।
गए राति १ १५-१६ जना डाकाहरुले नगद, सुन, चांदी लुट्नुको साथै डांकाको प्रतिकार गर्नेउपर बम प्रहार गर्दा चारजना घाइते भएका हुन्। घाइतेको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ भने डांकाहरुको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment