Skip to main content

लुटपाटको घटनाको विरोधमा हेटौडा बजार बन्द

-प्रकाश दाहाल-
फलोअप । हेटौडा, १४ असार ।  आइतबार हेटौंडा बजार अकस्मात बन्द भएपछि र्सबसाधारण अन्यौलमा परेका थिए । कुनैपनि पर्ूवजानकारी विना नै बजार बन्द गरीएपछि आफ्नो कामकाजमा आएका र्सवसाधारणहरु अन्यौलमा परेका हुन् । बजार खुल्ला होाला भनेर नियमित बजार आएका र्सबसाधारण अकस्मात गरीएपछि मर्कामा परेका छन् । शनिबार हेटौंडा बजार बन्द हुने भएपनि ब्यबसबायीहरुले हेटौँडाको मूख्य बजारमा रहेको मोबाइल पसलमा चोरी तथा व्यापारी मनोज जालानको सम्साँझै पैसा लुटिएको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आईतबार हेटौडा बजार बन्द गरेको छन् । हेटौंडाका सम्पर्ुण्ा पसलहरु सहित निजि बैंकहरु पनि बन्द गरीएका छन् । बजार बन्द गरीएपछि र्सबसाधारणहरु त्यसै फर्किएका थिए । आज अत्यन्त्य जरुरी थियो पैसा झिक्न आएको बैंक त बन्द पो रहेछ समस्यमा पो परें पदमपोखरीबाट आएका राजु लामाले भने ।
मकवानपुर उद्योग वाणिज्य संघले हेटौडाको मुख्य चोक महेन्द्र चोकमा रहेको न्यु राउत इलेक्ट्रोनिक्स्मा शनिबार चोरी भएको , जालान आईरन एण्ड मेशिनरी स्टोर्सका प्रोपाईटर मनोज जालानको ३ दिन अगाडि ४ लाख ५० हजार लुटिएको र सुरक्षा  निकायले  ब्यवसायीलाई सुरक्षा दिन नसकेको भन्दै आज बजार बन्द गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष जिवनकाजी माकजुले बताए । ब्यवसायीले घटनाको विरोधमा हेटौडाको सुमार्गी कम्प्लेक्स अगाडी महेन्द्र राजमार्गमा टायर बाली विहानैदेखी  टायर बालेर सडक अवरुद्ध गरीएको थियो । नेविसंघ मकवानपुरका अध्यक्ष समेत रहेका महेन्द्र राउतको न्यु राउत इलेक्ट्रोनिक्सबाट १८ लाख बराबरको नोकीया मोवाइल सेट , सोनी क्यमेरा लगायतका इलेक्ट्रोनिक्स सामान चोरी भएको थियो । श्रृङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटको  घटना वृद्धी हुँदै जानु ,प्रहरी प्रशासनले घटनाको दोषीलाई कारवाही गर्न नसकेको र ब्यवसायीको सुरक्षा प्रदान गर्न नसकेको भन्दै ब्यवसायीले बजार बन्द गराएको जनाएका छन् । व्यबसायीहरु असुरक्षित बन्दै गएको भन्दै ब्यबसायीहरुले चिन्ता ब्यक्त गरेका छन् । मुख्य बजार त सुरक्षित छैन अन्यत्रतिर त सुरक्षाको ग्यारेन्टी नहुने पिडित ब्यबसायी महेन्द्र राउतले बताए । बजार पर्ुण्ारुपमा बन्द भएतापनि यातायातका साधनहरु भने गुडेका थिए ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।