Skip to main content

अमृत घ्यू र फेमेली तोरीको तेल गुणस्तरहीन

वीरगंज, ६ असार। अन्नपूर्ण्ाा भेजिटेबुल प्रोडक्टस, लिपनीमाल बाराद्वारा उत्पादित अमृत डाल्डा घ्यू र श्री शिवशक्ति घ्यू उद्योग प्रालि जीतपुरद्वारा उत्पादित फेमेली हेल्थ तोरीको तेलका बारेमा उपभोक्ताहरूले गुणस्तरहीन रहेको बताएका छन्। 
उपभोक्ताहरूका अनुसार अमृत वनस्पति घ्यू सफा, दानादार हुने गरेकोमा हिजोआज वीरगंज बजारमा विक्री भइरहेको अमृत वनस्पति घ्यू मकैको ढिंडोजस्तो पहेंलो रंगको र दूषित गन्ध आउने गरेको तथा फेमेली तोरीको तेल पनि तोरीको गन्धहिन रहेको थाहा हुन आएको छ। 
एक स्रोतले अमृत वनस्पति घ्यू पाम आयल कच्चा पदार्थबाट तयार हुने गरेको र राम्रोसंग रिफाइनरी 
-प्रशोधित) नगरिएबाट सेतो हुनुपर्ने घ्यूको रंग पहेंलो भइ गुणस्तरहीन हुन गएको जानकारी गराएको छ। 
त्यस्तै फेमेली तोरीको तेल पनि पाम आयल कच्चा पदार्थ प्रयोग गरी तोरीको झांस मिसाइएबाट गुणस्तरहीन र अखाद्य भएको दाबी उपभोक्ताहरूको छ। 
  घ्यू र तेलको गुणस्तरीयताको बारेमा राम्रो ज्ञान नभएका र बजारमा विक्रेताले जे बस्तु दियो त्यहि बस्तु खरिद गर्नुपर्ने, उपभोक्ताहरूको मांग र चाहना अनुसारको बस्तु आप\mनो पायक पर्ने बजार र पसलमा उपलब्ध नभएका कारण उत्पादक र विक्रेताले गुणस्तरहीन बस्तुबाट आम उपभोक्ताहरूलाई ठगी रहने अवस्था देखा परेको छ। 
खाद्य ऐन र उपभोक्ता हित संरक्षण ऐनको परिधिमा खाद्य वस्तुको तौल, गुण छ, छैन भनि नियमित अनुगमन गर्नुपर्ने निकायमा पर्ूण्ा निष्त्रिmयता छाएकोले कम तौल र गुणस्तरहीन बस्तु विक्री वितरण गरी उत्पादक र विक्रेताले आम उपभोक्ताहरूलाई नाजायज ठगी रहेको, अखाद्य बस्तु खाद्य पदार्थमा मिलावट, मिसावट गरी विक्री वितरणमा ल्याइ रहेबाट प्रत्येक घरमा नानाथरिका रोगबाट मानिसहरू विरामी भइ अस्पताल, क्लिनिक, नर्सिङ होम, टिचिङ हस्पिटलमा चांप बढीरहेको पाइन्छ। 
अमृत वनस्पति घ्यू र फेमेली तोरीको तेल उत्पादन गर्ने उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरी उपभोक्ताहरूको स्वास्थ्य स्थितिमा प्रभाव पार्ने काम गरेकाले आप\mनो उत्पादनलाई गुणस्तरीय बनाउनुको सट्टा गुणस्तरहीन बस्तु उत्पादन गरी विक्रीमा ल्याएकोमा आम उपभोक्ता समक्ष्ँ आत्मालोचना गर्न जरूरी देखिन्छ। फेमेली तोरीको तेल र अमृत वनस्पति घ्यू उत्पादन गर्ने उद्योगको वास्तविक भनाइको पर्खाइमा उपभोक्ताहरू रहेका छन्। 
हाल वीरगंज बजारमा अमृत वनस्पति घ्यूको खुद्रा मूल्य प्रतिकेजी रू ७५ र फेमेली तोरीको तेल प्रतिकेजी रू १०५ रहेको छ। 

 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।