वीरगंज, ८ असार । एनेकपा माओवादीका बारा, बकुलर इन्चार्जलाइ गोली प्रहार गर्ने दुइजनाको स्थानीयवासीको कुटाइबाट मृत्यु भएको छ।
गए राति ९ः५० बजे दोहरी-६ घर नजिकै अक्लु सहनीलाइ चन्द्रिका सहनी लगायत ४ जनाको समूहले गोली प्रहार गरेपछि घाइते अकलुको मेडीकल कलेज बीरगन्जमा उपचार भइरहेको छ।
गोली प्रहार गर्ने समूहमध्ये दुइजनालाइ स्थानीयबासीले नियन्त्रणमा लिएर कुटपिट गरेपछि उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनामा संलग्न चन्द्रिका सहनी लगायत फरार रहेका छन्।
Comments
Post a Comment