काठमाडौं, असार ८ । विश्वविख्यात सन्त आशारामजी वापु नेपाल आउने भएका छन्। उनी मंगलबार नेपाल आउने जानकारी योग वेदान्त सेवा समितिले रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
वापुका प्रेस सल्लाहकार डा.सुनील वानखडेलले राजधानीको पशुपति क्षेत्रको वनकालीमा आउदो असार ९ र १० गते सत्संग आयोजना गर्ने बताए। ९ गते बेलुकी ४ बजेबाट र १० गते विहान ९ र बेलुकी ४ बजे दर्ुइ सत्रमा प्रवचन दिने बताए।
आशारामजी वापुले स्वस्थ र सम्मानित जीवन जिउने कला सिकाउने आयोजकले जनाएको छ। कार्यक्रममा हजारौंको सहभागिता रहने बताइएको छ।
Comments
Post a Comment