वीरगंज, ३ असार । घरायसी झगडामा काकाले भतिजालाइ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका छन्।
गए राति मकवानपुर, हांडी खोला-३ सुकौरा निवासी सन्त बहादुर नेगीले आफनै भतिजो २१ वर्षीय संजिव नेगीलाई खुकुरी प्रहार गरि फरार भएका हुन्। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको र काका नेगीको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।
Comments
Post a Comment