वीरगंज, ६ असार । नेपाल औषधि कर्मचारी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले अधिकार प्रयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन्।
आज वीरगंजमा संघको प्रथम अंचल अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि बास्कोटाले साहु र नोकरको व्यवहार नगरी कर्मचारीको नाताले काम गर्न संचालकहरुलाइ आग्रह गरे।
उनले नेपाल सरकारबाट लागू गरिएको श्रम ऐनको कार्यान्वयन नगरेकोमा १५ बुंदे मांग राखी आन्दोलन जारी राखेकोमा हालसम्म कतैबाट कुनै सुनवाइ नभएकोमा आक्रोश व्यक्त गरे।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो।
Comments
Post a Comment