वीरगंज, ५ असार । रिलेक नेपाल जिल्ला शाखा खोटाङकी उपाध्यक्ष अरुणा दाहाललाई मिनकुमार दाहालको नेतृत्वमा आएको ८/१० जनाको एक समूहले बन्धक बनाएको घटनाप्रति रिलेकको गम्भीर ध्यानाकर्षण भएको आज एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
प्रोपब्लिकको असल शासन परियोजनाको जिल्ला संयोजकमा नाम निकालेकी दाहाललाई बैकल्पिकमा नाम निकाल्न सफल मिनकुमार दाहालको समूहले असार ५ गते मध्यान्ह १२ बजेदेखि असल शासन परियोजना कार्यालय भवन दिक्तेलमा थुनेर राखेको छ। उक्त समूहले तीन वर्षो परियोजनाका लागि नाम निकाल्न सफल उम्मेदवार दाहालसँगै अन्य ५/७ जनालाई पनि थुनेर राखेको छ।
बन्धक बनाउने उक्त क्रियाकलापले प्रतिस्पर्धात्मक कार्यको उपहास गरेको छ । बन्धक बनाइएकी अरुणा दाहाल लागतयसबैलाई शीघ्र मुक्त गर्न र बन्धक बनाउने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न प्रशासनसंग माग रिलेकका महासचिव रमेशप्रसाद तिमल्सिनाले गरेका छन्।

Comments
Post a Comment