वीरगंज, ८ असार । ग्यांस उपभोक्ता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सिलिण्डरको पींध काट्ने परम्पराले दुर्घटना निम्तने चेतावनी दिएका छन्।
आज वीरगंजको होटल मकालुमा आयोजित भेलामा बोल्दै उनले बिक्रेताले ग्यांस विक्री गर्दा पालना गर्नुपर्ने विभिन्न कुराहरुप्रति कुनै चासो नदेखाएको बताए।
उनले सिलिण्डर खरिद गरेको मिति, कम्पनीको नाम एवं ग्राहकको नाम बिलमा उल्लेख नगरेबाट दुर्घटनामा उपभोक्ताले क्षतिपुर्ति पाउन गाह्रो पर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति शत्रुघ्न नेपाल लगायतले मन्तव्य राखेका थिए।
Comments
Post a Comment