वीरगंज, ३ असार । नेपाल पिछडा वर्गको पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज विभिन्न जिल्ला प्रभावित भएको प्राप्त समाचारमा उल्लेख छ।
आज बिहान बन्दकर्ताले वीरगंजको प्रतिमा चोकमा ना१ह ८८०, ८८३ नं.को टेम्पोको सिसा फुटाएपछि प्रहरीले कलैया-५ बस्ने बृजमोहन कुश्ावाहलाइ पक्राउ गरेको छ।
वीरगंजमा बन्दको सामान्य प्रभाव परेको छ। यातायात, शिक्षण, कलकारखाना, उद्योग, बैंक प्रतिष्ठान, बजार सुचारु रहेको छ।
आज बिहान पिछडा वर्गका अध्यक्ष गोपाल कुश्ावाहको नेतृत्वमा रहेको जुलुसले यातायात बन्द गराएका थिए।
यसैगरी बाराको कलैया, सर्लाहीको नवलपुरमा बन्दकर्ताले सडकमा अवरोध सिर्जना गरेका छन्।
Comments
Post a Comment