Skip to main content

मजदूरहरु ११ दिनदेखि हडतालमा

वीरगंज, १८ असार। आदर्श किरानाका अजय अग्रवालद्वारा संचालित खैनी उत्पादन गर्ने उद्योगका मजदूरहरू ११ दिन देखि हडतालमा उत्रिएका छन्। 
मजदूरहरूको रगत र पसिनाको शोषण गर्दै आइरहेको वीरगंज-१३ स्थित अरबिन्द उद्योगका मैनेजर निरन्जन अग्रवालले हडतालमा उत्रिएर उद्योगको मूल गेट अगाडि धर्ना दिइरहेका मजदूरहरूलाई धम्काउंदै ५० हजार खर्चमा गुण्डाहरू झिकाएर धर्ना स्थलबाट लखेट्ने बताएका छन्। 
अरबिन्द उद्योगले ६ वर्षेखि मानिसको स्वस्थ्य जीवनमा आघात पुर्‍याउने गोल्डेन डन खैनी, पिंकी स्वीट सुपारी, पिंकी गुटखा उत्पादन गर्दै आइरहेको छ। 
सो उद्योगमा कार्यरत ५० जना मजदूरहरूमध्ये कोही पनि स्थायी छैनन् र कसैले पनि नेपाल सरकारद्वारा निर्धारित न्यूनतम वेतन ४६०० पाएका छैनन्। प्रत्येक दिन १० घण्टा ड्युटीमा खट्ने मजदूरहरूले दैनिक ज्याला बढीमा रू १०० मात्र पाउने गरेका छन्। 
नेपाल स्वतन्त्र मजदूर युनियनमा आबद्ध अरविन्द उद्योगका मजदूरहरूले स्थायी नियुक्तिपत्र, सरकारद्वारा निर्धारित तलब, उद्योगमा श्रम ऐन लागू, औषधि खर्च, वर्षो दुइ जोर कपडा आदि मांग राखी १० दिनदेखि उद्योगको सम्पर्ूण्ा उत्पादन ठप्प पारेका छन्। मजदूर नेता दामोदर पराजुली, अमृत लाल श्रेष्ठ, दिनेश राइ लगायतले मजदूरहरूलाई शान्तिपर्ूण्ा धर्ना दिन निर्देशन दिएका छन्। 
मजदूरहरूले श्रम कार्यालय वीरगंजमा ज्ञापनपत्र बुझाएर न्यायपर्ूण्ा संर्घष्ामा उत्रिएका छन्। मजदूरले हकहितका लागि सम्पर्ूण्ा मांग पूरा नभएसम्म हडताल जारी रहने चेतावनी उद्योग व्यवस्थापनलाई दिएका छन्। 
उद्योग व्यवस्थापन पक्ष्ँले कार्यरत मजदूर पन्नालाल साह, नरेश साह र नबिन रौनियारलाई उद्योगबाट निष्काशन नगरेसम्म मांगका सम्बन्धमा कुनै वार्ता नहुने बताएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।