वीरगंज, ४ साउन । वीरगंज उपमहानगरपालिका वडा नं. १२ स्थित थारूहरूको खोसिएको सम्पत्ति र लुकेको इतिहासलाई उजागर गरी रामजानकी मन्दिर थारू धर्मशाला बचाउ अभियानलाई सशक्त बनाउन काठमाडौंमा साउन १६ गते बृहत बैठक र गोष्ठी हुंदैछ ।
सो बैठकलाई सफल तुल्याउन रामजानकी मन्दिर थारू धर्मशाला संघर्ष समितिका अध्यक्ष एवं रामजानकी मन्दिर थारू धर्मशालाका संस्थापक स्व. शिवदत्त पंजियारका छोरा रामशरण पंजियारको अध्यक्ष्ँतामा बसेको बैठकमा विस्तृत छलफल गरी महत्वपूर्ण निर्णय गरिएको छ ।
आगामी साउन १६ गते काठमाडौंमा वरिष्ठ अधिवक्ता र्सवज्ञरत्न तुलाधरको सभापतित्वमा हुने वृहत गोष्ठीमा राम जानकी मन्दिर थारू धर्मशाला बचाउ संर्घष्ा समितिसंग आबद्ध व्यक्तिहरूको प्रतिनिधित्व रहनेछ ।
प्राचीन थारू धर्मशाला एवं रामजानकी मन्दिरको गीता मन्दिर नजिक रहेको जग्गामा भूमाफियाहरूले १० करोडको लागतमा विजिनेश कम्प्लेक्स निर्माणका लागि वीरगंज उपमहानगरपालिका कार्यालयमा नक्सा पास गराउन खोजेका थिए ।
कवियत्रि शान्ति चौधरीले वीरगंज-६ रेशमकोठीस्थित निजी घर घडेरी १४ धुर जग्गा आप\mनो स्व. आमा राधिका चौधरीको स्मृतिमा हमार दुधु थारू विकास केन्द्रको नाममा ट्रष्ट स्थापना गर्ने घोषणा गर्नुभएको छ । सो ट्रष्टमा सिर्जना विकास केन्द्रको कार्यालय र रामजानकी मन्दिर थारू धर्मशाला संघर्ष समिति र पछि गएर संचालक समितिको कार्यालय रहनेछ ।

Comments
Post a Comment