Skip to main content

फर्निचर मार्गमा पर्यटक हैरान

भक्तपुर, २९ असार। नगरकोट हिलस्टेसन पुग्न भक्तपुर जगाती देखि
च्याम्हासिह सम्मको करीब १ किलोमिटर बाटो पनि तय गर्नु पर्दछ। तर फर्निचर
मार्ग नामको सो बाटो दयनीय अवस्थाको कारण त्यहाँ जाने पर्यटकहरू हैरान
हुने गरेका छन्। यस बाटाको हरेका भागमा खाल्डाखुल्डी परेको छ। बाटोको
दायाबाया ढलनिकास नहुदा बषर्ातको पानी सडक मै बग्ने गरेको छ।
हरेक दिन जसो नगरकोटमा उच्च सरकारी कर्माचारीहरू गोष्ठि सेमिनारमा
सहभागी हुन जान यही बाटो भएर कार तथा पजेरोमा गुड्ने गरेका छन्। तर यस
फर्निचरमार्गमा हालत भने चिल्ला गाडी गुडाउन उपयुक्त देखिदैन। दक्षिणबाट
उतर तर्फजोड्ने मार्गबाट नेपालको सबैभन्दा अग्लो मन्दिर ङातापोल देखिन्छ।
बाटो रहेको हिल्लामे पानीमा मन्दिर छायाँ देखिनु दर्ुभाग्यपर्ुण्ा रहेको
स्थानीयबासी अनिल राजचल बताउछन्।
जगातीचोकमा रहेको सडकमा भने फोहर थुपारिदा दर्ुगन्धित भएको छ। यहाँको
दर्ुगन्ध सुग्दै पर्यटकहरू बषौंदेखि नगरकोट यात्रा गर्न बिबस छन्। यस
टोलमा नगरकोटमा लज होटेल सञ्चालन गर्ने आधा दर्जन साहुमहाजनहरूको
पारिवारिक निवास रहेको छ। नगरकोटका होटेल साहुहरूका नेता रामशंकर ध्वजु,
अर्का होटेल साहु र्सर्ुयप्रसाद प्रजापतिको घरबाट निस्कने फोहर यसै चोक
फाल्ने गरिएको छ। यहाँ रहेका भट्टी बाट निस्कने फोहर पिन यसै चोकमा
थुपार्ने गरिएको छ। किरण होटेल, चकलेट नेवारी खाजाघर, राधेश्याम ग्वाछाको
भट्टी आदिबाट निस्केका फोहरबस्तु यही चोकमा थुपार्ने गरिएको छ।
नेपाल दाना संघ र नेपाल हृयाचरी संघका नेता डा. बलराम किसीद्धारा
सञ्चालित जिजे पोल्ट्री फार्मबाट उत्पादित फोहर बस्तु पनि यसै चोकमा
फाल्न ल्याइन्छ। मचोभैरव कोल्ड स्टोर र खोप कोल्ड स्टोरले मरेका कुखरा
तथा काटिएका कुखरा निस्केका प्वाँख र अन्यबस्तु यही चोकमा फ्याक्ने
गरिएको छ। डा. सिताराम खाइतुको क्लिनिकबाट निस्केना चिकित्साजन्य
फोहरबस्तु पनि सडक किनारामा फाल्ने गरिदै आएको छ।
फर्निचरमार्गको मध्य भागमा अबस्थित लिवाली चोकमा रहेको ब्रम्हायणी
खोलाको किनारामा स्थानीयबासिन्दाहरूले फोहर फाल्ने गरेको छ। यहाँ
राजनितिक कार्यकर्ता भरतबन्धु थापाको परिवारले समेत फोहर फाल्ने गरेको छ।
एसएन साइवारका सञ्चालक रूपेश कायष्ठको घरबाट निस्कने फोहर यही खोला
फाल्ने गरिएको छ। यस खोलामा सिल्पकार युवा समाजका नेता राजेश सिल्पकारको
कारखानाबाट निस्कने फोहर पनि फाल्ने गरिएको छ।
निलनारायण काजुले त बाटो अतिक्रमण गरी ग्यारेज सञ्चालन गरिरहेको छ।
फर्निचरमार्ग्र्ााथालिङ हुदा केही समाजसेवीहरूले चलखेल गर्ने अवसर पाएका
छन्। उनीहरू बेलाबेलामा बाटो वरीपरी ढलनिकास बनाउने भनी स्थानीबासीबाट
चन्दा असुल गर्दछन्। यसरी उठाएको चन्दाबाट भने उनीहरूले बनभोज खाएर
सकाउने गरेका छन्। यस क्षेत्रका समाजसेवी राजभाइ माकजुले आफ्नो कार
पार्किङ गर्न फोहर थुप्रिने ठाउँ प्रयोग गर्दै आएका छन्। - रविन राचलिका
हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।