वीरगंज, १८ असार । नेपाल टेलिकमले वीरगंजमा पनि आजदेखि विद्यार्थी सहुलियत सिमकार्ड वितरण गर्न सुरु गरेको छ।
रु ११ सय ३६ पर्ने सिमलाइ विद्यार्थीहरुको सहमुलियतको लागि ५ सय १० रुपैयामा उपलब्ध गराइरहेको छ। ५ सय १० रुपैयाको सिमकार्डमा ५ सय रुपैया ब्यालेन्स रहने छ। सिमकार्ड वितरण सहज बनाउन वीरगंजको घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयले सातवटा काउन्टर बाट सेवा दिइरहेको छ भने सिमकार्ड लिन विद्यार्थीको घुंइचो लागेको छ। सिमकार्ड वितरण साउन महिनासम्म जारी रहने प्राप्त समाचारमा उल्लेख छ । त्यसैगरी बाराको कलैया, सिमरामा पनि विद्यार्थीहरुका लागि सिमकार्ड वितरण भइरहेको छ।
Comments
Post a Comment