Skip to main content

झाडापखाला नियन्त्रण कठिन भयो- स्वास्थ्यमन्त्री

काठमाडौं, १ साउन । स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले निरन्तर रुपमा फैलिदै गएकाले झाडापखाला नियन्त्रण गर्न कठिनाई भएको बताएका छन् । सरकारले नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरिसकेको उल्लेख गर्दै सबैलाई सहयोगको आग्रह गरे ।
एक ठाउँमा स्वास्थ्यकर्मी पुग्दा महामारीका रुपमा अर्को ठाउँमा फैलने क्रम छ, स्वास्थ्यमन्त्रीले भने, महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी राखेका छैनौं । रोगबाट हिजोसम्म एक सय ७ जनाको मृत्यु भइसकेको बताए । १३६८ जनाको उपचार भएको जानकारी गराए । चिकित्सकका अलावा नेपाली सेना र प्रहरी समेत परिचालन गरेको बताए । स्वास्थ्यकर्मी नपुगेको ठाउँमा रोगहरु देखिएकाले ती क्षेत्रमा पनि पठाउने काम भइरहेको बताए । जाजरकोटमा देखिएको महामारी रुकुम, सर्ुर्खेत, डोटी, डडेलधुरालगायतका जिल्लामा देखापरिसकेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले खटाएको ठाउमा नजाने स्वास्थ्यकर्मी कर्मचारीमाथि कारबाही गर्ने बताए । दर्ुगम क्षेत्रमा जान नपरोस् भन्ने चिन्तन रहेको स्वीकार्दै त्यस्ता स्वास्थ्यकर्मी कर्मचारीलाई छूट दिन नसकिने बताए ।
रोग प्रभावित क्षेत्रमा परिचालनका लागि सेनाका हेलिकोप्टर समेत प्रयोग गरिएको बताए । औषधीलाई आवश्यक ठाउँमा पुर्‍याउन कुनै कसर बाँकी नराखिएको बताए । दुइ सयको संख्यामा रहेका स्वास्थ्यकर्मीहरु रोग प्रभावित क्षेत्रमा सक्रिय रहेको बताउदै भने, पर्ूण्ा रुपमा रोग नियन्त्रणमा नआएसम्म स्वास्थ्यकर्मीको टोली गाउँबाट र्फकनेछैनन् । रोग नियन्त्रणका लागि आफूले स्वास्थ्य क्षेत्रका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइसकेकाले छिट्टै नियन्त्रणमा आउने दाबी गरे । यद्यपि कहिलेसम्म नियन्त्रणमा आउँछ भन्नेबारे सोध्दा भने, महामारी भएकाले यकिन भन्न सकिदैन । स्वास्थ्यकर्मी पुगेको ठाउँमा मृत्यु नदेखिएको दाबी गर्दै भने, स्वास्थ्यकर्मी एक ठाउँमा पुग्दा अर्को ठाउँमा रोक फैलिएर मृत्यु हुने क्रम देखिएको हो ।
रोग प्रभावित क्षेत्रमा जनचेतनालाई उच्च प्राथमिकताका साथ बढाइएको बताए । हात धुने र उमालेर मात्र पानी खाने बानी बसाल्न प्रचारप्रसार गरिएको बताए । प्रभावित क्षेत्रमा रहेका एफएम रेडियोमा सूचना प्रसारणलाई गति दिइएको बताए । रेडक्रसलगायत राष्ट्रि्य अन्तराष्ट्रि्य गैरसरकारी संस्थाबाट पनि सहयोग लिइएको उनको भनाई थियो । विश्व स्वास्थ्य संगठन, युनिसेफलगायतबाट पनि सहयोग उपलब्ध भएको बताए ।
झाडापखालाका अलावा हैजा र अन्य रोगको संक्रमण पनि देखिएको बताए । महामारीलाई जुनसुकै हालतमा पनि नियन्त्रणमा लिइने दृढता व्यक्त गरे ।
राष्ट्र्पति डा.रामवरण यादवलाई भेटेर रोगको पछिल्लो अवस्थाबारे जानकारी गराएको बताए । राष्ट्र्पतिले महामारी फैलिएबाट निकै चिन्ता व्यक्त गर्नुभएको उल्लेख गर्दै भने, चिकित्सक पनि भएकाले राष्ट्र्पतिज्यूले रोग नियन्त्रणका लागि सुझाव दिनुभएको छ । राष्ट्र्पतिले सचेतना कार्यक्रममा जोड दिन भन्दै अनिवार्य हात धुन र पानी उमालेर पिउन व्यापक प्रचारप्रसार गर्न सुझाव दिनुभएको बताए ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।