पोखरा, २६ असार । तत्कालीन तमू छोंज धीका केन्द्रीय महासचिव तथा वर्तमान तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय संरक्षक समितिका सदस्य पोखरा उप-महानगरपालिका लेकर्साईड निवासी खड्गबहादुर गुरुङलाई प्रायोजित रुपमा एकिकृत नेकपा -माओवादी) सम्बद्ध मजदूरहरुले चरित्र हत्या गर्ने उद्देश्यका साथ गत असार २२ गते वहांको घर खानतलासी गरी जंगलमा मर्ृग मार्न जान लागेको भनी नियोजित रुपमा प्रचार प्रसार गरेकोले धींको गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ।
आज प्राप्त प्रेस विज्ञप्तिमा गुरुङ विगत लामो समय देखि आदिवासी जनजाती आन्दोलनको सक्रिय नेतृत्वमा रहदै आउनुभएकोमा वहांमाथि लगाइएको आरोप कलोकल्पित, झूटो र नियोजित षडयन्त्र भएको ठहर गरेको महासचिव रेशम गुरुङले जनाएको छ।
Comments
Post a Comment