Skip to main content

द कार्टर सेन्टरले नेपालको शान्ति प्रक्रियालाई सहयोग जारी राख्ने

काठमाडौं, २६ असार। द कार्टर सेन्टरले नेपालको शान्ति प्रक्रियालाई सहयोग जारी राख्ने भएको छ। 
आज प्राप्त जानकारी अनुसार द कार्टर सेन्टर नेपालले विगत तीन वर्षा शान्ति र स्थायित्वको मार्गमा गरेको उल्लेख्य प्रगतिको प्रशंसा गर्दै सन् २००८ को संविधानसभा निर्वाचनको लगत्तै सहमतिको राजनीति भंग भएको र अघिल्ला प्रतिबद्धताहरूको कार्यान्वयनमा देखिएको ढिलाइले अहिलेसम्म हासिल भएको प्रगतिलाइ छिन्नभिन्न पार्नसक्ने कुराप्रति चासो व्यक्त गरेको छ। 
"म नेपाली राजनीतिक कर्ताहरूलाई विगतका केही वर्षेखिको ऐतिहासिक प्राप्तिहरूलाई नेपाली नागरिकहरूको हितमा सुदृढ गर्न र सदिच्छापूर्वक एक साथ मिलेर काम गर्न प्रोत्साहित गर्दछु," अमेरिकी पूर्व राष्ट्रपति तथा कार्टर सेन्टरका सह-संस्थापक जिम्मी कार्टरले भन्नुभयो। "नेपालका लागि वास्तविक र चिरस्थायी शान्तिको मार्गमा हासिल भएका प्रगतिमा अवरोध पुर्‍याउन खोज्ने चुनौतीहरूलाई पन्छाउँदै लोकतान्त्रिक र समावेशी संविधानको मस्यौदा गर्नका लागि यस्तो सहकार्य अपरिहार्य छ।"
जुन २००९ मा, द कार्टर सेन्टरले शान्ति तथा संविधान मस्यौदा प्रक्रियालाई बढोत्तरी गर्न सकिने अवसर र चुनौतीहरू पहिचान गर्न नौ वटा विभिन्न राष्ट्रको प्रतिनिधित्व गर्ने १५ जना दर्ीघकालीन पर्यवेक्षक प्रतिनिधिहरूलाई नेपालका पाँच वटा विकास क्षेत्रहरूमा परिचालन गर्‍यो। तिनीहरूले सरकारी अधिकारीहरू, राजनीतिक कर्ताहरू, अन्तर्रर्ााट्रय समुदायका सदस्यहरू, नागरिक समाजका प्रतिनिधिहरू, मिडियाका सदस्यहरू, र र्सवसाधारण नागरिकहरूसँग भेटघाट गर्नेछन्। द कार्टर सेन्टरले पर्यवेक्षकहरूद्वारा पत्ता लगाइएका तथ्यहरूमा आधारित सुझावहरूसमेत समावेश गरी नियमित विज्ञप्तिहरू प्रकाशित गर्नेछ।
द कार्टर सेन्टर नेपालमा सन् २००३ देखि सक्रिय रूपले कार्यरत रहेको छ र, हालै सेन्टरले सन् २००८ को संविधानसभा निर्वाचनका लागि दर्ीघकालीन अन्तर्रर्ााट्रय निर्वाचन पर्यवेक्षण मिसन सञ्चालन गर्‍यो। द कार्टर सेन्टरलाई यतिखेर स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा शान्ति प्रक्रिया र संविधान मस्यौदा कार्यमा केन्द्रित हुँदै नेपालमा यसको अन्तर्रर्ााट्रय पर्यवेक्षण उपस्थिति राखिरहन निमन्त्रणा गरिएको छ।
"नेपालका राजनीतिक नेताहरूले कठिन घडीहरूमा साझा सहमतिको आधार पहिल्याउन उल्लेख्य क्षमता देखाएका छन्," हालै नेपालमा एउटा मूल्यांकन मिसन पूरा गर्नुभएका द कार्टर सेन्टरका डेमोक्रेसी प्रोग्रामका उप-निर्देशक डा. डेभिड पोटीले भन्नुभयो। "अहिले, संविधानसभा निर्वाचनको एक वर्षन्दा बढी समयपश्चात्, म के आशा गर्छु भने सम्पूर्ण पार्टीहरू तिनीहरूले थालनी गरेको सहमतिको बाटोभन्दा उत्तम विकल्प केही हुनेछैन भन्ने मनन गर्दै तिनीहरूका प्रतिबद्धताहरू ताजा बनाउन एकसाथ हुन सक्नेछन् र शान्ति प्रक्रियालाई अगाडि बढाउनेछन्।"
कार्टर सेन्टर १९८२ मा अमेरिकाका भूतपूर्व राष्ट्रपति जिमि कार्टर तथा वहाकी धर्मपत्नी रोजालिनद्वारा एमोरी विश्वविद्यालयसगं को साझेदारीमा विश्वव्यापी रूपमा शान्ति तथा स्वास्थ्यको विकासका लागि स्थापना गरिएको थियो। मुनाफारहित गैरसरकारी संस्था कार्टर सेन्टरले ७० भन्दा बढी मुलुकहरूमा द्वन्द्व समाधान, प्रजातन्त्रको विकास, मानवअधिकार तथा आर्थिक अवसर, रोगको रोकथाम, मानसिक स्वास्थ्य स्याहारमा सुधार र किसानहरूलाई उत्पादन वृद्धिका लागि प्रशिक्षणका माध्यमद्वारा मानिसहरूको जीवनस्तर उकास्न सहयोग गरेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।