Skip to main content

५ वर्षा ७ वटा नयां विमान

काठमाडौं, ४ साउन। पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले नेपाल वायु सेवा निगमले पांच वर्षभत्र सातवटा नयाँ विमान खरिद गर्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भिजिट नेपाल २०११ लाई दृष्टिगत गरी विमान खरिदको तयारी भइरहेको बताए।
नेपाल वायु सेवा निगमले पांच वर्षभत्र सातवटा विमान खरिद गर्ने योजना बनाइएको छ, मन्त्री भण्डारीले भने, जहाज खरिदका लागि आवश्यक रकम जुटाउन सकिन्छ। सरकारनै ग्यारेन्टी बस्ने भएकाले रकम जुटाउन सकिने उनको भनाई थियो। दर्ुइवटा विमान खरिदका लागि टेण्डर आव्हान गरिएअनुरुप दुइवटा कम्पनि र दुइवटा एजेन्टले आवेदन दिएकोमा कम्पनिलाई प्राथमिकतामा राखिएको बताए। कम्पनिहरुले विमान जतिछिटो उपलब्ध गराउछन् उति छिटो आउने बताए। बोइङ र एयरबस दुइवटा कम्पनिको आवेदनलाई जुलाइ महिनाभित्र टुंगो लगाइने खुलासा गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा विमान खरिद प्रक्रियामा कुनै कारणले पनि अवरोध खडा नहुने बताए। सरकारका राजनीति नियुक्तिहरुले पनि असर नगर्ने भन्दै विमानस्थलमा सुधार प्रक्रिया अगाडि बढाएको बताए। त्रिभुवन विमानस्थलमा राडर प्रणालीमा थप सुधारका अलावा बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई गति दिने बताए।
चितवनमा रहेका होटल तथा रिसोर्टहरु खुला गर्न सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताए। चितवको निकुञ्ज क्षेत्रमा पर्यटन व्यवसाय सुचारु गर्न सम्झौताको म्याद थप्नेबारे मन्त्रिपरिषदले टुंगो लगाउने बताए। उनले भने, होटल संचालनको म्याद थप गर्न मन्त्रिपरिषदमा छलफलका लागि प्रस्ताव जादैछ।
र् पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताए। सन् २०११ मा १० लाखभन्दा बढी पर्यटक भित्राउने गरी कार्यक्रम अगाडि सारेको बताए। तर्राईका छवटा स्थानमा पर्यटन विकास प्याकेज ल्याइएको र पोखरालाई पोखरा उपत्यका पर्यटन प्राधिकरण बनाउन लागिएको खुलासा गरे। पर्यटन उद्योगको विकासमा सरकारले प्राथमिकता दिएको उल्लेख गरे। सरकारले पर्यटन व्यवसाय गर्ने नभई संरक्षकको भूमिका निभाउने भन्दै निजी क्षेत्रलाई उत्साही बनाउने कार्यक्रम ल्याउने बताए।
शान्तिसुरक्षालाई गम्भीरताका साथ लिएर सरकारले काम थाल्ने बताए। आर्थिक सम्भावनाहरु नभएकै कारण अपराध बढेको भन्दै पर्यटनको विकास गर्न सके रोजगारीका सम्भावना बढेर अपराध घट्ने जिकिर गरे।
होटल एशोशिएसन अफ नेपाल -हान)का अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले चितवन राष्ट्रिय निकुञ्जमा रहेका होटलहरु बन्द गरे मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताए। सरकारले सम्झौताको म्याद नथपे विश्वप्रसिद्ध जँगल सफारी सदाका लागि बन्द हुने बताउँदै भने, तत्काल सम्झौताको म्याद नथपे पर्यटन क्षेत्रनै धराशायी हुन्छ। प्रधानमन्त्री माधवकुमार नेपाललाई आजै भेटी निकुञ्जमा पर्यटन व्यवसायीसँगको सम्झौता थप गर्न सकारात्मक जवाफ आएको बताए। राज्यलेनै पर्यटन क्षेत्रको संरक्षण गर्नुपर्ने बताए।
पाण्डेले सन् २०११ मा हुनलागेको नेपाल भ्रमण वर्षा १० लाख भन्दा बढी पर्यटक भित्राएर छाड्ने दाबी गरे। पर्यटन वर्षमनाउने तयारी भइरहेको भन्दै सबैको सहयोगको आव्हान गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।